logo
  • सोमबार, असोज १२ २०८३

धुर्कोटमा विद्यार्थीहरुको लागि योग शिक्षा संचालन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २४ ।
धुर्कोट गाउँपालिकामा विद्यार्थीहरुका लागि योग शिक्षा संचालन गरिएको छ । चैत २२ गतेदेखि सुरु गरिएको योग शिक्षा चैत २५ गते अर्थात चार दिनसम्म संचालन हुनेछ । गाउँपालिकाभित्रका चार माध्यमिक विद्यालयका ६÷६ जनाका दरले कुल २४ विद्यार्थीले योग शिक्षामा सहभागिता जनाएका छन् ।

जसमा पाञ्चायन माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, भगभती माध्यमिक विद्यालय र वाग्ला माध्यमिक विद्यालयका विद्यार्थी रहेको धुर्कोट गाउँपालिका आयुर्वेद शाखा संयोजक प्रदिप बैठाले जानकारी दिए । योग शिक्षाअन्तरगत आयुर्वेद जडिबुटी, जिवनशैली, दिनचर्या र रात्रीचर्याको बारेमा विद्यार्थीहरुले ज्ञान दिइनेछ ।

जसमा बिहानमा प्रयोगात्मक र दिउसोमा सैद्धान्तिक बिषयवस्तुहरु सिकाईने प्रशिक्षक गुल्मी आयुर्वेदका वरिष्ठ कविराज निरिक्षक नविन अर्यालले बताए । योग शिक्षाले विद्यार्थीहरुको शारीरिक तथा मानसिक पक्षको विकास गर्नुको साथै स्मरण शक्ति पनि बढाउने प्रशिक्षक अर्यालले जानकारी दिए ।

गाउँपालिका प्रमुख भुपाल पोखरेलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अनुशासनमा राखी शैक्षिक गुणस्तर बृद्धि गर्न योग शिक्षा संचालन गरिएको बताए । त्यसका साथै उनले आगामी बर्षहरुमा प्रत्येक विद्यालयमा एकजना योगा शिक्षकको व्यवस्था गरी योग शिक्षा संचालन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend