साझा नेटवर्क
सीता बि .क,प्यूठान जेठ २४ ।
जिल्ला प्रहरी कार्यालय प्युठानले ४ लुटेरालाई पक्राउ गरेको छ । बुधबार सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी लाई कम्बलले मुख छोपेर ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेका थिए ।
स्वर्गद्वारी नगरपालिका २ सिमलपधेरा देखि खाल मा समुहको किस्ता उठाइ जादै गर्दा एक्कासि कम्बलले मेरो मुख छोपे र ,घाँटी च्याप्दै थिए,हतारहतारमा भाग्न सफल भइ स्थानीय सम्पर्कमा पुगि ज्यान बच्यो कर्मचारी शुसिला के सिले भनिन् । ब्यागमा भएको पैसा लिएर फरार भएछन् । फरार हुने उनिहरुलाई जि प्र का प्युठानको सहयोगमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिप्रका प्युठानका प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार रोल्पा जिल्लाका २२ वर्षीय जीवन हमाल,स्वर्गद्वारी नपा. २ का २५ बर्षिय निर्दोष सेन ठकुरी,सोही ठेगाना भएका १७ बर्षिय निरज बि क र १७ बर्षिय कुशल सेन पक्राउ परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend