साझा नेटवर्क
चोम बिष्ट, रोल्पा जेठ २१ ।
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ६ गुम्चाल वडापालिकाबाट भएको कार्यक्रम २०७६ साल जेठ २० गते वडा कार्यलय प्राङ्गणमा सम्पन्न भएको छ । उक्त कार्यक्रम ६ नम्बर वडा अध्यक्ष यामलाल बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा साबिकको गुम्चालको ९ वटै वडा टोलबाट स्थानीयको बाक्लो उपस्थिति साथै गाउँका जनप्रतिनिधि बुद्धिजीवी समाजसेवी लगायातको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा महिला सदस्य खमिसरा बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रम गुम्चाल वडाबाट सबैभन्दा जेष्ठ पुरुष नागरिकमा ९८वर्षीय खम्बसिङ बुढाथोकी र महिलामा ९४ वर्षीय जाली रोका रहनु भएको थियो साथै ७० वर्ष देखि माथीको जम्मा १७० जना रहेको उहाहरुलाइ दोसल्ला ओढाएर ससम्मान गरेको वडा कार्यलयलाइ बताएको छ।

उक्त सम्मान कार्यक्रमबाट जेष्ठ बृद्धअबश्थामा रहेका हरुका लागि हौसला प्रदान तथा सम्मान अत्मबिस्वाश अत्माबल बढ्नेमा मुख्य भुमिका रहेको साथै उपस्थितिबाट कार्यक्रम उत्साहजन राम्रो भएको बताएका छन । अन्त्यमा कार्यक्रम अध्यक्ष यसैगरी अर्को साल पनि जेष्ठ नागरिक लाइ सम्मान गरिने भएको छ ।
यसैगरी गरि सबैजना सकुशल रहि कुशलताको कामना सहित कार्यक्रम सब्य एवं भब्य रूपमा सम्पन्न भएको बताउदै सम्पन्न घोषणा गरेका थिए । कार्यक्रम संचालन उक्त वडाका सचीव दिल बहादुर बुढाथोकीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend