logo
  • सोमबार, असोज १२ २०८३

विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनदेखि सदरमुकाम रुकुमकोट लगाएतका क्षेत्र अन्धकारमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सर्जना कार्की,रुकुम जेठ २१ ।
विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१ रुकुम (पश्चिम)मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताउनुभयो । विद्युत् सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ । पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend