logo
  • सोमबार, असोज १२ २०८३

ट्याक्टर दुर्घटनामा १ को मृत्यु २ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी जेठ २१ ।
गएराति गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सवार मदाने गाउँपालिका वडा नम्बर ६ निवासी २१ वर्षिय मधु नेपालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

दुर्घटनामा परेर मदाने गाउँपालिका ६ निवासी १६ वर्षका अभि कुँवर,धुर्कोट गाउँपालिका २ निवासी १८ वर्षिय निरज महत घाइते भएको प्रहरी निरिक्षक खड्काले बताए । छल्दीबाट चेक्मी तर्फ पानी लिएर जाँदै गरेको लु २ त ३३९३ नम्बरको ट्क्यार रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को लसुनडाँडामा दुर्घटनामा परेको हो ।
ट्याक्टर दुर्घटनामा परेपछि फरार चालक मदाने गाउँपालिका ६ का २४ वर्षिय बसन्त सुनार सम्र्पकमा आएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते २ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

उनिहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर सडकमै पल्टीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend