logo
  • शुक्रबार, असोज ९ २०८३

पत्रकारको कलम बन्द गरेर सत्ता सुध्रिदैन : विश्वप्रकाश शर्मा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी जेठ २० । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारको कलम बन्द गरेर सत्ता नसुध्रिने बताएका छन् । नेपाल तरुण दल गुल्मी र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको नेपाली काङ्ग्रेसको जागरण अभियान अन्तर्गत यस्तो बताएका हुन् ।

उनले कांग्रेस कहिल्यै जितेर मात्तिने र हारेर आत्तिने पार्टी नभएको समेत कार्यक्रममा बताएका छन् । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत सोमबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्वारा आयोजित बृहत आम सभामा शर्माले यस्तो बताएका हुन् । शर्माले प्रेस स्वतन्त्रता मसैको कृपा नभएको भन्दै पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवादी हुने उल्लेख गर्दै मिडिया काउन्सिल बिधेयेक ल्याएर पत्रकारको टाउकोमा तरबार झुण्डाएको जानकारी गराएका थिए ।

कांग्रेस गुल्मीले राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण सम्पन्न गरेको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए । उनले आफ्ना संघसंगठनहरु मार्फत सबै स्थानीय तहमा फरकफरक विषयका कार्यक्रम गरिएको बताए । उनले यो अभियानले कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको उल्लेख गर्दै अब कांग्रेस आम नेपालीबाट टाढा रहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend