साझा नेटवर्क
नवलपरासी, जेठ १९ ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले तर्गौली, सुनवल – ७, नवलपरासी स्थित जन जाग्रित आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई झोला वितरण गरेको छ ।

विद्यालयमा आर्थिकस्तर न्यून भएका ७३ बालबालिकालाई सोलिडारिटी इन्टरनेशनलको प्रोजेक्ट झोला अन्तर्गत झोला र शौक्षिक सामाग्री बितरण गरीएको हो ।

नेपालका अती बिपन्न बालबालिकाहरु विद्यालयमा नियमित नभएपछि आकर्षणका लागि बिभिन्न ब्यक्तिगत दाताको सहयोगमा प्रोजेक्ट झोला अभियान सुरु गरिएको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।

साथै संस्थाले २०१९ मा गोर्खा, गुल्मी, बाग्लुङ, पर्बत, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका करिब एक हजार बालबालिकालाई झोला प्रदान गर्ने जनाएको छ ।
कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, उपाध्यक्ष सफी खान र महासचिब ओम खत्रीको उपस्थिती रहेको थियो ।
२००८ मा स्थापना भएको सोलिडारिटी इन्टरनेशनलले प्रत्यक बर्ष एक हजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छ भने प्रोजेक्ट झोला अभियान भर्खरै सन्चालनमा ल्याएको हो ।
भुकम्प पछी २० बिधालय पुनर्निर्माण गरेको संस्थाले अन्य सामाजिक क्षेत्रमा समेत सेवा प्रदान गरी बिभिन्न राष्ट्रिय तथा अन्त्ररास्ट्रिय सम्मान प्राप्त गरी सकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend