logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङमा खानेपानी उपभोक्ताहरुको भेला सम्पन्न,भेला मार्फत नयाँ कार्यसमिति समिति गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ जेठ १९ ।

सिमलचौर,दनिया,खर्वाङ लिफ्टिीङ खानेपानी आयोजनको उपभोक्ताहरुको भेला डुडेवाचौर कवर्डहलमा सम्पन्न भएको छ । भेलाले डिप्लोमा खरेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्ष खगिश्वर अर्याल,सचिव कृष्ण प्रसाद खरेल,कोषाध्यक्ष मन वहादुर थापा,सह सचिव श्यामकला राना,सदस्यहरुमा विष्णु अर्याल,कालिकादेवि खराल,कृष्ण कुमारी राना,सरस्वती राना,नरमति सिँजाली र धन वहादुर वुढा रहनुभएको छ।

त्यस्तै भेलाले प्रत्येक टोलमा,टोल समितिको गठन गरेको जस अनुसार सिमलचौर टोलमा चुमाकान्त पोखरेल,टुनिवोट टोलमा कर्ण वहादुर राना,जामुने टोलमा सरस्वती राना,मैदान आटारी मा नरे राना,डुडेवाचौर मन वहादुर थापा,खारपानी नरमति सिँजाली,खर्वाङ टोलको रुनमाया छन्त्यालको संयोजकत्वमा टोल समितिको गठन गरेको छ । भेलामा वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, वडा अध्यक्ष हिमा खरेल, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतको सहभागिता रहेको थियो । भेलाले प्रभावित क्षेत्रका सवैलाई सदस्य वन्न आह्वान गर्ने,प्रति सदस्य ३ सय रुपैयाँ शुल्क उठाउने,कामलाई प्रभावकारी गराउन प्रयत्न गर्ने लगाएतका निर्णय गरेको छ ।

भेला अध्यक्ष डिप्लोमा खरेलको अध्यक्षता,उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव कृष्ण प्रसाद खरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend