साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ जेठ १७ ।
जिल्ला समन्वय समिती बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल,खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेल,इन्जिनियर इश्वरी प्रसाद शर्मा लगाएतले टोलीले दनिया,खर्वाङ लिफ्टिीङ खानेपानी आयोजनाको निर्माणाधिन स्थलको अनुगमन गरेको छ ।
टोलीले गुणस्तरीय काम गर्न निर्देशन दिँदै समयमा काम सक्न र थप वजेटको समेत काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयले चालु वर्षमै थप ५० लाख थप्ने योजना वनाएको भन्दै उपप्रमुख भुसालले कामलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । डिभिजन खानेपानी बागलुङका प्रमुख डोटेलले ट्यांकी निर्माण गर्दा भौगोलीक बनावट अनुसार वेस विस्तार गर्न सुझाउनुभएको थियो। गण्डकी प्रदेश को भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत खानेपानी डिभिजन कार्यालय बागलुङबाट सञ्चालित सो योजनाबाट बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर,दनिया, खर्वाङ बजार लगाएतका क्षेत्रका वासिन्दाहरु लाभान्वित हुनेछ ।
हाल पर्वतका निर्माण व्यावसायी गिरिजा तिवारीले ठेक्का प्राप्त गरि काम चलिरहेको छ। ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend