साझा नेटवर्क
चोम बिष्ट, रोल्पा जेष्ठ १८।
रोल्पाको लुङ्ग्री गाउँपालीका वडा नं. १ र ५ को सिमानामा पर्ने खोला लालुबाङ खोलामा काठको मोटरेवल पुल निर्माण हुदैछ। साविकको पाङ गाविसको प्रवेशद्धारको रुपमा रहेको उक्त खोलमा पुल नहुदा हिउँदको समयमा खोलाबाट सवारी साधन खोलाबाट नै आवात जावत गर्नुपर्ने बाध्यता रहेको साथै वर्षायामको समयमा खोलाको पानी बढेपछि आवतजावत गर्न यातायात अवरुद्ध हुने गर्दछ।

त्यसको समस्या समाधानको लागि हिउँद र वर्षायाम दुबै समयमा यातायात संचालन हुने गरि निर्माण गर्न लागिएको पुलको निमार्ण कार्य धमाधम भैरहेको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर खड्काले बताए ।

वर्षायामको समयमा पाङ जानको लागी सिर्पबाट घुमेर जानु पर्ने बाध्यता समेत पाङ बासीले सास्ती खेप्नुपरेको थियो यसरी सिर्प बाट घुमेर जाँदा भाडा र समय डवल लाग्ने समस्याबाट पुल संचालन भएपछि समाधान हुने गाउँपालीकाका अध्यक्ष खड्काले बताउनु भएको छ ।
त्यस्तै गाउँपालीकाको ७ लाख र पुर्वधार विकाश साझेदारि कार्यक्रम कोषको २० लाख गरि कुल २७ लाखमा उक्त पुलको निमार्ण गर्न लागिएको वडा नं. १ पाङका वडा अध्यक्ष मदन पुन मोतीले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend