साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १७ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाट पहिलो पटक रोजगार कार्यक्रम शुरु भएको छ । गुल्मीको क्षेत्र न २ को धुर्कोट गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो। धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले यो कार्यक्रम नेपालमै पहिलो पटक आफुहरुले शुरु गरेको दाबी गरे ।
शुक्रबार उनले सबैलाई नियुक्ति पत्र र सामग्री प्रदान गरेर कार्यक्रम शुरूवात गरे । पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ । भने शिक्षण संस्थामा १३ जना, स्वास्थमा क्षेत्रमा चार जना, कृषि र पशुपालनमा १५ जना, सिञ्चाईमा १५ जना, विद्युतमा सात जनाले रोजागारी प्राप्त गरेका छन् ।
त्यस्तै खानेपानी मर्मतमा १५ र सडक मर्मतमा ८१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लाबाट २५÷२५ जनालाई रोजगार प्रदान गरिएको छ । भने बाकी पाचँ वडाबाट २०÷२० जनाका दरले रोजगार प्रदान गरिएको गाउँपालिका सूचना अधिकारी इस्वरी भण्डारीले बताए । भुपाल पोखरेलले जानकारी दिए ।
कुल ३० दिन अर्थात एक महिनाका लागि दिइएको रोजगार कार्यक्रममा श्रमिकले नेपाल सरकारले तोकेको दैनिक ज्याला पाचँ सय १७ रुपैँयाका दरले एक महिनाको १५ हजार पाचँ सय प्राप्त गर्ने प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend