साझा नेटवर्क
मधुसुदन पोख्रेल,प्युठान जेठ १७ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का बरिष्ठ नेता एवं नेकपाका सचिवालय सदस्य बामदेव गौतमले सरकारले ल्याएको यस वर्षको बजेट उत्कृष्ट रहेको बताएका छन् । पत्रकार संगठन प्युठानले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्दै नेता गौतमले बजेटको कार्यान्वयन गर्न सके देशले मुहार फेर्ने बताएका हुन् ।
विकासका कार्यक्रमहरू विस्तार भएकोले जनताहरु यसमा हतोत्साहित हुनु पर्ने कुनै आवाश्यकता नरहेको भन्दै गौतमले अघिल्लो वर्षहरुमा सिस्टम,ऐन कानुनको समस्या भएपनि अहिलेको नेकपाको सरकारले यी समस्या हल गरिसकेको बताए । गौतमले नौमुरे जल विद्युत आयोजना,चाल्नेटार विमान स्थल स्वर्गद्धारी केवलकार लगाएतका योजनाहरु एक वर्ष भित्रमै संचालन हुने र आफु बाच्दा सम्म् सुन्दर प्युठान र विकास युक्त प्युठान हुने समेत दाबी गरे ।
प्यूठानमा आफुले प्रतिवद्धता गरेका कामहरू नेकपाको सरकार भएको समयमै सम्पन्न हुने पनि उनले बताए । मिडिया काउन्सिल विधेयकमा पत्रकारहरूले उठाएको कुरामा आफू सहमत रहेको र मिडिया र प्रेस उस्तै भएकोले पत्रकारहरुे उठाएको मागमा आफु सकारात्मक रहेको उनको भनाई छ ।
नेता गौतम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्य समिती सदस्यहरुलाई सपथ खुवाउन प्यूठान आएका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend