logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा गणतन्त्र दिवस मनाईयो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
नेपाली राजदूतावास, दोहा कतारको आयोजनामा बार्हौ गणतन्त्र दिवस भब्य रुपमा मनाइएको छ । दूतावासको सभाहलमा हिजो आयोजित कार्यक्रम कतारका लागि नेपालका का.वा राजदूत लक्षमण खनालको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कतारमा स्थापित ब्यबसायी, राजनीतिक दलका प्रतिनिधि, बिभिन्न सामाजिक सङ्घ सस्थाका प्रतिनिधि, पत्रकार, बिभिन्न ओहोदाका व्यक्तिहरु लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति थियो ।

नेपालको झन्डा फहराउदै सुरु गरीएको कार्यकर्ममा कतारमा स्थापित सामजिक, सामुदायिक, बैचारीक संस्थाका नेतृत्वकर्ता तथा बिभिन्न सामाजिक महानुभावहरुले गणतन्त्रको शुभकामना दिएका थिए कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्र प्राप्तिको लागि गरीएका संघर्ष र उपलब्धिका बारेमा चर्चा गरेका थिए । मन्तव्यकै क्रममा नियोगका काउन्सिलर शिबराम पोखरेलले राजनितीक पद्दतिमा गणतन्त्र नै उत्कृष्ट रहेको बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खनालले गणतन्त्र स्थापनाको लागी गरीएको योगदान र मर्म अनुसार नै देशले गती लिईरहेको बताउदै सरकारले लिएको समृद्द नेपाल र सुखि नेपालिको अभियानमा देश बिदेशमा रहेका सम्पुर्ण नेपालिहरुले साथ र सहयोग गर्न आवश्यक रहेको बताउदै दुतावासको निम्तोलाई स्विकार गरेर कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा सबैलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिंए ।

कार्यक्रम पश्यात ईस्लामिक बन्धुहरु लगायत सहभागि सबैलाई नियोगका तर्फबाट ईफतार प्रदान गरीएको थियो । कार्यक्रमलाई नियोगका दित्तय सचिब प्रविन भट्टराईले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend