logo
  • सोमबार, असोज १२ २०८३

प्यूठानमा भीषण वर्षात,जेठ मै उर्लियो झिम्रुक


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान जेठ १६ ।
लामो समयको खडेरीपछि बिहीबार प्यूठानमा भारी वर्षा भएको छ । बर्षा भएसंगै झिमरुक नदीको बहाव पनि एक्कासी बढेको छ भने खोला किनारमा रहेका बस्ती  जोखिममा परेका छन् ।

जिल्लाका अधिकांश भेगमा परेको पानीले ठाडा खोलाको बहाव बढेको छ । कतिपय स्थानमा सामान्य क्षति पुर्‍याएको खबर आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । बाग्दुला टिकुरी बसर्पाक नजिकै झिमरुक नदी किनारमा बेवारिसे शव फेला परेको छ । महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

झिमरुक गाउँपालिका ७ रातटारी निवासी प्यूठान नगरपालिकामा कार्यरत इन्द्रमणि पोखरेलको घरमा स्थानीय कुताखोलाको बहाव घरभित्र पसेको हो । खोलाले खेतवारीमा लगाएको वाली नष्ट गराएको स्थानीयले बताएका छन् ।

प्यूठान नगरपालिका ९ स्थित झिमरुक गाउँपालिकामा कार्यरत स्वास्थ्य सहसंयोजक विकास केसीका अनुसार भालुखोलाको बहाव बढेपछि घरभित्र खोलो पसेको छ । रोकेर राखेका मोटरसाइकल र स्कुटी बगाएको स्थानीय वासुदेव गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend