logo
  • शनिबार, भाद्र २० २०८३

कतार मेट्रोद्वारा ईदको समय तालिका सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतार मेट्रो सेवाद्वारा ईदको अवसरमा नयाँ सन्चालन तालीका सार्वजनिक गरेको छ। एक ट्वीट मार्फत आफ्ना सेवाग्राहीलाई धन्यवाद दिंदै ईदको अवसरमा जुनको ४ तारीक मंगलबारदेखि शनीबारसम्म बिहान ०६ बजेदेखि रातीको ११ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखी राती ११ बजेसम्म सेवा प्रदान गर्ने उल्लेख गरिएको छ ।

नयाँ रुटहरु जोड्न तथा परिक्षणको लागि भन्दै मे ३० तारीकदेखि जुनको ०३ तारीकसम्म मेट्रो सेवा बन्द रहने समेत ट्वीट मार्फत उल्लेख गरिएको छ । कतार मेट्रो सेवाको ग्रीष्मकालीन समय तालीका आगामी जुन ०९ तारीकदेखी बिहान ०६ बजेबाट शुरु भएर रातीको ११ बजेसम्म सेवा प्रदान गर्ने उसले जनाएको छ ।

मेट्रोलिंक अन्तर्गत रेड लाइन रुटमा निकट भविष्यमै हमद अन्तर्राष्ट्रिय विमानस्थल, कतारा, कतार युनिभर्सिटी, लुसैल लगायतका स्टेसनहरु जोडिने मेट्रो तथा मेट्रोलिंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend