logo
  • सोमबार, असोज १२ २०८३

सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारीमा रेडियो परिवर्तन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बागलुङ, जेठ १५ ।
नागरिककोे सूचनाको हक, स्थापित गर्न बागलुङ पश्चिमका अगुवाहरु सक्रिय भए । गणतन्त्र दिवसका अवसरमा २०६८ मा जनसञ्चार सहकारी मार्फत सञ्चालनमा ल्याएको परिवर्तन एफएम नवौं बर्ष पुगेको छ । सूचना र सञ्चारको माध्यमबाट, सचेत नागरिक बनाउने उद्धेश्यले स्थापना भएको रेडियोले सामाजिक उत्तरदायित्व सहितको क्रियाशिलता देखाएको छ ।

सूचना र सञ्चारलाई मात्र रेडियोले आफ्नो अभियान ठानेन । यसले सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी समेत सम्हाल्दै आयो । स्थापनाको बर्षदेखिनै, लोकप्रिय कार्यक्रम परिवर्तन तारा, गाउँ टोल तथा बजार सरसफाई, नागरिक सचेतनाका लागि शिक्षा, स्वास्थ्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हरेक वार्षिकोत्सव कार्यक्रमहरुमा यहाँका विपन्न, गरिव, स्वास्थ्य अवस्था विग्रिएका मानिसहरुका लागि सहयोग संकलन अभियान, बाढि पिडित तथा अग्नी पिडितहरुका लागि राहत संकलन तथा वितरण गर्दै आएको छ । २०७२ सालमा गएको भुकम्पमा परी बागलुङ जिल्लाबाट ज्यान गुमाउने १४ जना परिवारलाई राहत संकलन तथा वितरण समेत रेडियोको अगुवाईमा भएको थियो ।

बुर्तिबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सल्यक्रियाबाट बच्चा जन्माउने महिलाहरुका लागि रगत अभाव नहोस भनेर ब्लड ग्रुपिङ गर्नेकाम पछि अहिलेसम्म रेडियोका सदस्य, कर्मचारीले स्वास्थ्य केन्द्रमा रगत दिंदै आएका छन् । रेडियोको हरेक बार्षिकउत्सवमा फरक फरक कार्यक्रम गर्दै आएको छ ।

स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुका लागि फलफूल वितरण, उत्तरगंगा माविमा रहेको अपाँगता छात्रवासमा खाद्यन्न वितरण, पश्चिम क्षेत्रका विभिन्न विद्यालयमा सञ्चालन हुने प्रतियोगितात्मक कार्यक्रममा पुरस्कार सहयोग हुँदै आएको छ ।

रेडियो सञ्चारको माध्यममात्र नभई सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारीमा निरन्तर अघि बढेको जनसञ्चार सहकारी संस्थाका संस्थापम अध्यक्ष एवं निर्देशक लोकेन्द्र सुनारले बताउनुभयो । सञ्चारको काममात्र होईन विवदमा र अफ्ठेराहरुमा सहयोगीका रुपमा रेडियो यहाँका नागरिकको सहयोगी संस्थाका रुपमा स्थापित भएको उहाँको भनाई थियो ।

यस वर्षपनि रेडियोले आप्नो नवौं वार्षिकउत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाएको छ । उत्तरगंगा माविमा रहेको अपांगता छात्रवासमा खाद्यन्न सहयोग तथा फलफूल वितरण, स्वास्थ्य केन्द्रमा रहेका विरामीलाई फलफूल वितरण तथा सञ्चार सहकारी र यसको महत्वका विषयमा अन्तरक्रिया, नयाँ सहकारी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

संसथाले यसरीनै आफ्ना सामाजिक गतिविधिहरुलाई निरन्तर सञ्चालन गर्दै जाने, सबै नागकरिकको पहूँचमा सूचना तथा सबै सूचना पाउने नागरिकलाई यसको सदस्य बनाउँदै लैजाने रेडियोका अध्यक्ष निमलाल पाण्डेले बताउनुभयो ।

समय अनुसार, सूचना प्रवाहलाई विकसित, परिस्कृत र परिमाजैन गर्दै, लैजाने उहाँले बताउँदै अध्यक्ष पाण्डेले, सामुदायिक रेडियो भएकाले समुदायका सबै नागरिकको पहूँचसम्म यसको प्रवाह विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्थापनाको समयदेखि सूचना र सञ्चारका हिसावले अग्रपंक्तिमा रहेको रेडियो परिवर्तन, आफ्नो गरिमा र क्रियाशीलतामा अझै परिस्कृत हुँदै जाने, रेडियोका स्टेशनम्यानेजर राम सुवेदीले बताउनुभयो । सामुदायिक रेडियो, सामाजिक उत्तरदायित्व सहित, जनताको सूचनाको हक स्थापित गर्ने, सूचनाको पहुँचमा उच्च स्तरबाट अग्रणीभूमिकामा रहने तथा सचेतनाको सम्वाहक बन्ने स्टेशन म्यानेजर सुवेदीको भनाई थियो ।

बागलुङको पश्चिम क्षेत्रमा स्थापना भएको एकमात्र, सञ्चार सहकारी, जनसञ्चार मार्फत सञ्चालनमा आएको रेडियो परिवर्तनले, जनता सूचितख गर्ने अभियान तथा सामाजिक उत्तरदायित्वमा अग्र पंक्तिमा उभिनसक्नु पर्ने उत्तरगंगा माविका प्रधानाध्यापक ईश्वरी पौडडेलले बताउनुभयो ।

अपांगता कक्षामा खादन्न वितरण कार्यक्रममा शुभकामना मन्तव्य दिंदै पौडेलले, यहाँको जनतामा शिक्षा, चेतना र सूचना प्रवाहमा अगुवाई गरुेजस्तै सबै नागरिकलाई एकतामा ल्याउन रेडियोले अझै उच्च स्तरबाट अग्र पंक्तिमा उभिन आग्रह गर्नुभएको थियो । गरिव असाह्य, अपौगता भएका तथा पिछडिएका समुदायको जस्वन स्तरमा टेवापुग्ने कार्यक्रम, सहयोगी संस्थाहरुसँग समन्वयमा सहकार्य गर्न पौलेडले सुझाउनुभएको थियो ।

ठूलो मेहनेत र कसरतले, पश्चिम बागलुङको बुर्तिबाङमा अपांगता छात्रवास सञ्चालनमा ल्याएपछि व्यवस्थापनमा कठिनाई आइरहेको बताउँदै अपांगता क्षेत्रमा क्रियाशील समाजसेवी चुडाबहादुर कुवँरले, सञ्चार माध्यमकै पहल, सहयोग र सञ्चारले सहयोग पुग्दै आएको बताउनुभयो ।

के खाने के लायने समस्या भइरहेकाबेला स्थानीय केही सहयोगका कामहरु रेडियोले प्रचार गर्दै आफैले सहयोग गरिहिँदा अहिले त्यस्ता जडिलताहरु कमहुँदै गएको उहाँको भनाई थियो । तर भवन अभाव र आवश्यक कक्षा कोठा थप गर्न नसक्दा पठनपाठनमा समस्या भएको उहाँको भनाई थियो ।

सामाजिक उत्तरदायित्व सहितको अभियानमा रेडियोले सूचना प्रवाहसँगै अन्य सामाजिक सहयोग समेत गर्दै जानु महत्वपूर्ण कार्य भएको रेडियोका सदस्य हरीबहादुर कुवँरले बताउनुभयो । समाजमा रहेका सामाजिक विसंगति, विक्रिति विरुद्धको अभियान अवको सञ्चार अभियान हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा जनसञ्चार सहकारी संस्थाका उपाध्यक्ष टीका बहादुर पुन, सचिव सहविन अर्गेजा, सहसचिव चेतनारायण पौडेल, सदस्यहरु भीम भण्डारी, कृष्ण केसी, कमला पाण्डे, रवि पन्त, ओम प्रसाद बुढा, तिकल बुढा, सहकारीका प्रवन्धक रेशम सापकोटा सहित सहकारी तथा रेडियोका सदस्यहरु रेडियो सञ्चारकर्मी तथा सहकारीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend