साझा नेटवर्क
गुल्मी, जेठ १५ ।
गुल्मीका १२ स्थानीय तहहरुमध्ये सबैभन्दा पहिलो रेसुङ्गा नगरपालिका पर्यटकको हिसाबले थुप्रै सम्भावना बोकेको स्थानीय तह हो । प्रसिद्ध रेसुगां, अर्जुन लगायतका धार्मिक एवम् पर्यटकिय स्थलहरु यस नगरपालिकाभित्र पर्दछन् । जिल्लाको सदरमुकाममा समेत रहेकोले अधिकाशं भौतिक संरचना निर्माण भइसकेका पनि छन् ।
जनतालाई छिटो–छरिदो सेवा दिने उदेश्यले नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी खटिएपनि सोचेजस्तो सेवा प्रवाह भने हुन सकेको छैन । यसैसन्दर्भमा नगरपालिका प्रमुख डिल्लिराज भुसालसँग हाम्रा संवाददाता हुमाकान्त पोखरेलले गरेको कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अशं,
१. नगरपालिकामा विकासका कार्यहरु कसरी संचालन गर्नुभएको छ ?
नगरका सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, सरोकारवाला र नागरिकको प्रत्यक्ष सहभागितामा विकासका कार्यहरु संचालन गर्ने गरेका छौ । विशेष त यस नगरको ग्रामीण क्षेत्रमा खरका छानाहरु रहेकाले खरका छानाहरु हटाई जस्तापाता वितरण गरिरहेका छौ । हालसमम नगरपालिकाका १३ वटा वडामा जस्तापाता वितरण गरिसकेका छौ । भने १४ न. वडामा पनि वितरण गर्ने तयारीमा छौ ।
त्यसैगरी यस क्षेत्रमा चरम खानेपानीको समस्या रहेकाले मझेङ लिफ्टिङ खानेपानी योजनालाई अगाडि बढाएका छौँ । जसको डि.पि.आर तयार भई टेण्डरको प्रक्रियामा रहेको छ । तत्काल खानेपानीको समस्यालाई समाधान गर्न यस नगरपालिकाको ८ र ९ न. वडामा बोरिङ्ग सिस्टमबाट पानी निकाल्ने कार्यको थालनी गरिएको छ । ९ न. वडामा पानी निकालिसकियो भने ८ न.वडामा बोरिङ्गको काम भईरहेको छ ।
यस नगरलाई स्वच्छ सफा नगर बनाउन फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने तयारीमा छौ । जसको सम्झौता भई काम भईरहेको छ । बजारका नाली फोहोर भएकोले नाली सफाई र मर्मतकार्य भइरहेको छ । त्यस्तै बजारक्षेत्रमा सडक भत्किएकोले सडक पिच र बजारका खोलाहरु सफागर्ने काम भइरहेको छ ।
कृषि उत्पादनमा बृद्धिगरि आत्मनिर्भर नगर निर्माण गर्न हाटबजार सञ्चालन र सोलार कोल्डस्टोर स्थापनाको तयारीमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बृद्धि गर्न रेसुङ्गामा रेसुङ्गा पोखरीदेखि यज्ञशालासम्म रेलिङ सहितको सिढी निर्माण कार्य भइरहेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रको बिकासका लागि तम्घास अस्पताल गुल्मीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छौ । अस्पतालको सेवा विस्तारका लागि अत्याधुनिक भवन निर्माणका लागि डि.पि.आर. तयार गरिसकेका छौ । नगरभित्रका सहायक बाटाहरुको स्तरोन्नती गर्नको लागि ११ वटा योजनाहरुको डि.पि.आर तयार गरिएको छ । भने केहि सडकहरु पिचको प्रक्रियामा छन् ।
२. नगरपालिका प्रमुखमा निर्वाचित भएपछि निर्वाचनताका गरेको प्रतिवद्धताहरु पूरा गर्दै आउनुभएको छ त ?
मैले निर्वाचनमा प्रतिबद्धताहरु पूरा हुने चरणमा रहेका छन् । म निर्वाचित भएपछि गरेको काममा एकदम सन्तुष्ट छु । किनकी देश संघीय संरचनामा गइसकेपछिको यो पहिलो स्थानिय तह संरचना हो । त्यसैले केहि समय कानुन निर्माणमै खर्चनुप¥र्यो । यी र यस्ता समस्याको बाबजुत पनि नागरिकलाई सहज तरिकाले सेवा दिएका छौ । खुसि लागेको छ ।
३. स्थानीय सरकार संचालनको मुख्य समस्या के रहेछ ?
केन्द्र र प्रदेश सरकारले कानुन बनाउन ढिला गरेकाले काम गर्न असहज भएको छ । कर्मचारी समायोजनले नँया कर्मचारी आउनु र हामिमा कम्युटर सिपकोे कमी हुनु मुख्य समस्या देखिएको छ । त्यसका साथै भौतिक संरचनाको अभाव हुनु र ठूलाठूला योजनामा लगानी गर्न पर्याप्त बजेटको अभाव हुनुपनि समस्याको रुपमा देखा परेको छ ।
४. नगरपालिकामा विकासका सम्भावनाहरु के देख्नुभएको छ ?
रेसुङ्गा नगरपालिकाभित्र थुप्रै धार्मिक तथा पर्यटकिय स्थलहरु छन् । रेसुगां क्षेत्रलाई मात्रै विकास गर्न सकियो भनेपनि धेरै पर्यटकहरु हामि भित्राउन सक्छौ । पर्यटकमार्फत हामि मनग्य आम्दानी गर्न सक्छौ । त्यस्तै अर्जुन डाडाँ, भगभवती मन्दिर लगायतका पर्यटकिय स्थलहरु विकासको सम्भावनाको रुपमा रहेका छन् ।
त्यस्तै रेसुगांमा केवलकारको पनि सम्भावना रहेको छ । रेसुङ्गा विमानिस्थलमा अबको केहि समयपछि नै नियमित तरिकाले उडान हुनेगरी संचालनमा आउदैँछ । भने कृषि, पशुपालन पनि यस नगरका विकासका सम्भावनाका रुपमा रहेका छन् । त्यसैले पर्यटकिय क्षेत्रको विकास र प्रवर्धनमार्फत समृद्धि खोजिरहेका छौ । हाम्रो कार्यकाल अवधिभर नगरलाई आत्मनिर्भर बनाउछौँ ।
५. नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी छन् कि छैनन् ?
कर्मचारी समायोजनले गर्दा केहि दरबन्दी खाली छन । केहि कर्मचारी आउने क्रममा हुनुहुन्छ । समायोजन पश्चात दरबन्दी अनुसार कर्मचारी हुनेछन । तत्काललाई हामीसंग भएका कर्मचारीको पुर्ण परिचालनबाट जनतालाई सेवा दिएका छौँ ।
६. केन्द्र सरकारले कत्तिको सहयोग गरेको छ ?
केन्द्र सरकारबाट यस नगरलाई सहयोग भएकै छ । यस नगरभित्र रहेका रेसुङ्गा तपोभुमी, रेसुङ्गा विमानस्थ र वार्ड न. २, ६, ८ र १० का खानेपानी योजनामा लगानी भएको छ । अन्य ठुलाठुला योजनामा पनि दीर्घकालिन लगानी बढाएर यस नगरको विकासमा अझै सहयोग हुने अपेक्षा गरेका छौ ।
७. जनप्रतिनिधीहरु ठेक्कापट्टामै संग्लग्न भए भन्ने गुनासो छ नि ?
हामिहरु यस नगरलाई देशकै एउटा नमुना नगर बनाउन चाहान्छौ । जुन सामान्य प्रयासले निर्माण हुन सक्दैन । सिमित साधन स्रोतका बावजुत पनि यस नगरलाई नमुना नगर बनाउन जनताले हामीलाई विश्वासको मत दिएर पठाउनुभएको छ ।
संघिय संरचनापछि पुर्वाधार विकासको अभावमा जनचाहना पुरा गर्नु र सिमित साधनमा उच्च बिकास गर्नु निकै जटिल छ । जटिलताको बावजुत पनि हामी नमुना नगर बनाई देशमै उत्कृष्ठ साबित हुन अग्रसर छौ । त्यसैले हामी ठेक्कापट्टामा संग्लग्न नभइ विकासमा अग्रसर छौ ।
९. जनप्रतिनिधी र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थान गर्नुभएको छ ?
हामीहरु कानुनका निर्माता र पालनकर्ता दुबै हौँ । कानुनभन्दा माथी न जनप्रतिनिधी हुन्छ न कर्मचारी । त्यसैले हामीहरु कानुनसम्मत काम गर्छौ । जनप्रतिनिधी र कर्मचारी दुवै आफ्नो अधिकार भित्र रहि काम गर्ने हुँदा सम्बन्ध राम्रो छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend