साझा नेटवर्क
-माया मगर ।
सबै प्राणीमा दयामाया भाव हुन्छ तर पापी सिकारीले भगेरी चरीको प्राण लियो । मेरा पनि सुनौला सपनाहरू थिए । मानिसको जस्तै परिवार थियो । म मेरो परिवारमा खुसी अनि सुखी थिए ।

एक बिहान म मेरो नानी बाबूहरुको लागि आहारा खोज्न हिडेकी थिए । अनि आहार पनि पाए र फर्किदै थिए । फर्किने करम्मा एक जना मानिस थियो । म उसलाई देखेकी पनि थिए । तर म सोचिन कि उ सिकारी हो, मलाई मार्नलाई उ कुरि बसेको छ ।
उ पनि म जस्तै हो उस्को पनि मेरो जस्तै सुलाउलो संसार होला भन्दै मेरा नानी बाबूहरु कति भोकले कराएका होलान रोएका यस्तै सच्दै हतार हतार म उस्को वास स्थान गरी उसैको नजिकै देखि आउदै थिए ।
तर उस्ले मलाई बाडले हानी दियो अनि मेरो एक साहार तोडि दियो । अनि म मेरो सपनाहरू पूरा गर्नको लागि अझै पनि उडिरहे । तर धेरै सकिन उ सिकारी भन्दा केहि टाढा आएर म भुइमा खसे । र म मेरा ती सुनौला सपनाहरू पूरा गर्न सकिन ।
म मेरो नानी बाबुको पिर त्यसमाथि मलाई सिकारिले दिएको चोटमा पिरालिएकी थिए । किन कि म त अन मर्ने नै भने तर मेरा नानी बाबुहरु अब के हाल होला ? म तिमिलाइ जन्म दिए तर तिमिहरुलाइ खुसी दिन सकिन मलाई माफ गरिदेउ नानी बाबू हाम्रो खुसी देख्न सकेन सिकारिले ।
मात्र एक सिकारिले यति ठुलो चोट दियो अनि यहि चोटलाई कथामा आधारित गर्दै सानो कथा रचेको छु । कस्तो लाग्छ यो कथा सुझाव सल्लाह दिनु होला ।
माया मगर
रोल्पा-नेपाल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend