logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ जेठ १४

बडिगाड गाउँपालिका वडा नं. १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ । सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा ज्यान गएको स्थानियले वताएका छन् । शवलाई मंगलवार दिउसो पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ ।

सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend