साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
नेपाली जनसम्पर्क समिति कतारले बिगतका बर्षहरूमा जस्तै यसवर्ष पनि ईस्लामिक धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रीय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ ।

धार्मिक,सामाजिक सद्धभाव र भातृत्वका लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पबित्र महीना रमजानको रोजा राख्ने बर्तालुहरूलाई इफतार कार्यक्रम राख्दै आइरहेको छ ।
शुभकामना आदानप्रदान सँगै आयोजित बृहत इफतार कार्यक्रम आगामी ०१ जुन २०१९ शनिबारको दिन कतारको सनैया, (प्लाजा मल) स्थित व्हाइट हाउस रेस्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार दिउँसो ३:३० बजे हुने भएको छ ।
उक्त कार्यक्रम सफलता पार्नको निम्ति सबैमा उपस्थितिको लागि आयोजक कमिटीको तर्फबाट समितिका महामन्त्री मोहम्मम्द अजिज अलिलेे कतारमा श्रम गर्दै आईरहेका सम्पुर्ण मुस्लिम तथा गैर मुस्लिम नेपालीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend