logo
  • सोमबार, असोज १२ २०८३

प्यूठानका कृषकहरु विषादी निषेध गर्ने अभियानमा जुट्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

राम बहादुर बिश्वकर्मा,प्युठान जेठ १३ ।
उत्पादन बढाउन विभिन्न रासायनिक विषाधीको प्रयोग गर्दै आएका प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबिका कृषकहरू पछिल्लो समय यसको प्रयोगलाई निरुत्साहित गर्ने अभियानमा जुटेका छन् । विषादी प्रयोगले मानव स्वास्थ्यको साथै वातावरणमा नकारात्मक असर पार्ने भएकोले यसको निरुत्साहित गर्न थालेको उनीहरू बताउँछन् । कारितास नेपालको सहयोग र फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाको समन्वयमा कार्यक्रम गरि गाउँमा कृषक पाठशाला सञ्चालन गरिए पछि कृषकहरू यस अभियानमा जुटेका हुन् ।

२० हप्ता सम्म मरन्ठानामा एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रम सञ्चालन भएको थियो । कृषकहरूले विभिन्न पाठशालामा आवद्ध भएर बालीमा हानी पुर्याउने किरा शत्रुजीव र फाइदा गर्ने मित्रुजीवको बारेमा छलफल गर्छन् । अहिले यहाँ काँक्रा, फर्सी, बोडी, करेला, लौका, टमाटर लगायतका तरकारी आइपिएम पद्धतिबाट उत्पादन भएको छ । वातावरणमैत्री प्रविधिको प्रयोगबाट स्वस्थ बाली उत्पादन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका आइपिएम टेक्निसिएन बासुदेब थापाले बताए । बिरुवामा शत्रुजीव र मित्रुजीव दुई किसिमको किरा हुन्छन्” बस्नेत भने,“शत्रुजीवलाई नष्ट गरेर मित्रुजीवलाई सुरक्षित गर्नु आइपिएम पद्धति हो ।”

प्युठान नगरपालिका ९ वडा अध्यक्ष नेहरसिह के सिले कृषि पेशालाई अझै पनि सम्मानित पेशाका रुपमा हेर्ने नगरिएका कारण आशातित सफलता प्राप्त हुन नसकेको बताए । उनले भने ” नेपाल कृषि प्रधान देश भएकाले अबका दिनमा यस क्षेत्रमा गुणस्तरीयता कायम गर्न र कृषकहरुको मिहिनेत खेर जान नदिनका लागि स्थानीय निकाय भएकाले यस पक्षमा हामीले विशेष रुपमा ध्यान पुर्याएका छौ”। विषादी निषेध गरेर प्राङगारिक पद्धतिबाट खेती गरिएमा वातावरण स्वस्थ हुने के सि को भनाइ छ ।

यस प्रविधिमा कृषकलाई बाली लगाएदेखि उत्पादन हुँदासम्मको समयमा कृषहरुलाई तालिम दिने गरिएको छ । कृषकलाई समूहमा राखेर सहजकर्ता मार्फत प्रशिक्षण दिइन्छ । गाउँमा कृषक पाठशाला सञ्चालन भएपश्चात उत्पादन बढेको बुढादेबी आइपिएम पाठशालाका अध्यक्ष केशब के सि ले बताए । प्रत्येक हप्ताको एकपटक समूहमा बसेर छलफल गर्ने उनले यसले गर्दा बालीलाई हानी गर्ने र उत्पादनमा फाइदा गर्ने किराको बारेमा जानकारी हुने बताए। ।“अन्य प्रविधिभन्दा आइपिएम प्रविधिबाट खेती गर्दा वातावरण संरक्षण हुनुको साथै उत्पादनमा पनि वृद्धि हुन्छ,” उनले भने ।

यसरि उत्पादन गरिएका वस्तुहरू घरमा प्रयोगको लागि उपयुक्त भएता पनि बजारीकरणको लागि समस्यामा पर्ने कृषक सीता सुनारले बताइन् ।“घरमा प्रयोगको लागि स्वस्थ हुन्छ” तर ‘विषादी प्रयोग गरिएको तरकारीको तुलनामा विषादीरहीत हेर्दा फरक देखिएकोले बजारीकरणमा समस्या हुने हुँदा प्राङगारिक पद्धतिबाट उत्पादन गरिएका सामाग्रीहरूको व्यवस्थापनको लागि पहल हुनुपर्ने कृषकको माग छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend