logo
  • सोमबार, असोज १२ २०८३

तम्घासको खानिगाउँमा बोरिङबाट पिउने पानीको ब्यवस्था


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी जेठ १२ ।
गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या भएपछि बोरिङबाट पानीको व्यवस्था गरिएको छ । सुख्खा समय सुरु भएसंगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पानीको ब्यवस्था गरिएको हो ।
केहि दिन अघि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाल्ने काम सफल भएपछि अरु वडाहरुमा पनि पानीको ब्यवस्था गरिएको छ । नगरपालिका भित्र तम्घासमा पहिलो पटक परिक्षण सफल भएपछि नगरको वडा नम्बर ८ मा पनि बोरिङबाट पानीको ब्यवस्था गरिएको खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्ष बालसिंह काउछाले बताए । तम्घासको खानिगाउँमा केहि वर्ष अघिबाटै लिपटिङ्गबाट पानी लिउने कि बोरिङ्गबाट गर्ने छलफल भइरहेको खानिगाउँ खानेपानी उपभोक्ता समिति सचिव कृष्ण भण्डारीले बताए । उनले अहिले खानेपानीको चरम समस्या भएपछि त्यसलाई तत्कालै समाधान गर्नको निम्ति बोरिङबाट खानेपानीको व्यवस्था गरिएको भण्डारीले बताए । तमघासको बसपार्क नजिकैबाट ७५ मिटर गहिराइबाट पानी निकालिएको हो ।
खानिगाउँ खोनपानी उपभोक्ता समितिमा आबद्ध ३ सय ५० घरधेरीलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको अध्यक्ष काउछाले बताए ।बोरिङबाट खानेपानीको व्यवस्था गर्न रेसुङ्गा नगरपालिकाबाट १६ लाख रुपैयाँ र प्रदेश सरकारबाट २५ लाख गरि ४१ लाखमा निकालिएको हो। नगरबाट थोरै रकमले सम्भव नभएपछि खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्षले प्रदेश सरकारसँग बजेटको व्यवस्था गर्न पहल भएको उपभोक्ता समिति सचिव भण्डारीले बताए । यस वर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या वढेको हो । बोरिङबाट निकालिएको पानी तत्कालै बितरण टंकीमा लगिएको र सोमबारबाट बितरण गर्न लागिएको सचिव भण्डारीले बताए । जमिनमुनिबाट पानी निकाल्ने यो प्रबिधि तम्घास वासिको निम्ति नयाँ र नौलो प्रबिधि हो ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए । मज्याङ्गबाट लिफ्ट गरिनेपानी नै तम्घासवासीको लागि दिर्घकालिन खानेपानीको समधान रहेको भुसालको भनाई छ । उक्त योजना केन्द्रिय योजना अन्र्तगत रहेकाले सर्वे लगायतमै लामो समय लाग्दै आएको छ । लिफ्ट गर्न धेरै रकम लाग्ने भएकालेपनि योजना तत्कालै सम्पन्न हुने अबस्था छैन् ।

खानेपानीको समस्या भएपछि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा ५ सय २१ घरधुरीहरुलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको छ । बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राबिधिक सहयोग गरेको छ ।
तम्घासमा पिउँने पानीको समस्या हुदै गएपश्चात नगरपालिकाले ट्याङकरबाट दैनिक रुपमा पानी बितरण गरिरहेको छ । बिभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरि मात्रै रकम लिएर पानी बितरण गर्दै आएको छ ।

अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुक्दै जान थालेसँगै यस वर्ष तम्घासमा खोनपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरि वडा नम्बर ९ र ८ मा वढि मात्रामा खानेपानीको समस्या देखिएको छ । भने अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend