logo
  • शनिबार, भाद्र २० २०८३

६ युवा श्रमिक संघको सहयोगमा स्वदेश फर्किए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका खोटाङका नेत्र कुमार राई, सिराहाका सुरेश पासवान, हरदेब पासवान र रामबाबु पासवान नेपाली प्रबासी श्रमिक संघको पहलमा स्वदेश फर्किएका छन । कम्पनीमा घर पठाउन बारम्बार भनिरहदा समेत वेवास्ता गरेपछि नेपाली प्रबासी श्रमिक संघलाई सहयोगका लागि अपिल गरेको पिडितहरु बताउछन ।

वैदेशिक रोजगारिको क्रममा गत असोज महिनामा लाइन इन्टरनेसनल प्यालेसमेन्ट मेनपावार मार्फत कतार स्थित स्टार प्लस कम्पनिमा आएका तिनीहरुलाई कम्पनीले ८ महीना वितिसक्दा पनि मेडिकल समेत नगरी काम लगाई रह्यो पिडित बताउछन ।

कम्पनिले ४ महिना देखि तलव नदिई काममा लगाएको र खान समेत समस्या भएपछी सहयोगका लागि याचना गरेको पिडितहरुको भनाई छ ।

गत अप्रील १५ तारिखमानेपाली श्रमिक़ संघ (जिफन्ट सहयोग) ग्रूपमा सहयोग गरी पाऊँ भनी निवेदन गरेपछि पिडितहरुलाई श्रमिक़ संघले निवेदनको आधारमा कानुनी प्रकृया पुरा गरी कम्पनि बाट पाउनु पर्ने ४ महीनाको तलव र हावाई टिकट समेत दिलाएर मई २० तारिखका दिन स्वदेश फर्काएको संघका उपाध्यक्ष दिनेस कटुवालले जानकारी दिए ।

त्यस्तै संघले गोरखाका पवन कुमार श्रेष्ठ र महोत्तरीका जिब शाहलाई पनि सहयोग गरेर नेपाल पठाएको छ । पिडित कतार स्थित सटडाउन मेण्टेनेन्स कम्पनीमा कार्यरत थिए । घर जान भनि ४ पहिला काम छाडेका तिनीहरुलाई कम्पनीले वेवास्ता गर्दै आएको थियो । निज पिडितहरुलाई संघले कानुनि प्रकृया पुरा गरी कम्पनिबाट पाउन पर्ने रकम सबै दिलाएर  स्वदेश फर्काएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend