logo
  • शुक्रबार, असोज ९ २०८३

गायक स्वरुपराज आचार्यको ”प्रतिज्ञा प्रेमको” भिडियो बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमान्डौ, जेष्ठ १० ।
सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ”प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।

अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ”प्रतिज्ञा प्रेमको” गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend