logo
  • शुक्रबार, असोज ९ २०८३

भार्सेमा जिवितै छन्, सोरठी र कृष्ण चरित्र पुस्तान्तरण गरिदै कला संस्कृति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी जेठ ८।
यम बहादुर छन्तेल उमेरले ७२ लागे । उनी सोरठीका डर लाग्दा कलाकार । तन्नेरीको बिचमा छन्तेल बाजे ।
सोरठीका गुरु बा। अझै तन्नेरीको जस्तै जोस छ । उनी गीत निकाल्छन्, तनेनेरी समाउँछन्। विशेषगरी सोरठी, झ्याउरे, सालैजो र दोहोरीमा उनी अब्बल मानिन्छन् । गाउँका जैलाल श्रीस, बंगाली श्रीस, बहादुर आले र तीलविर विक सोरठीका राजा थिए । भार्सेमा यी चार जनाहुँदै छन्तेलसम्म सोरठी आएको छ ।

अहिले छन्तेललाई एउटै पिरलो छ । यो कला र संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने ?। सोरठी नाच गुरुङ्ग र मगर समुदायमा निकै प्रख्यात छ । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरु भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरुसंग सम्बन्धित भएकाले सोह्रवटी भन्दा भन्दै सोरठी भएको छन्तेलले बताए । पछिल्लो समय छन्तेलले नयाँ युवाहरुलाइै सोरठी सिकाइ रहेका छन् ।
भार्से गाउँका नारायण विक छन्तेल पछिका आशा लाग्दा कलाकार हुन्। गाउन र बजाउन अब्बल विक कला पुस्तान्तरण भइरहेको बताउँछन् । ‘कला पुस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो, छन्तेल बा पछि मैले सिके,’उनले भने,‘ मैले अरुलाई पनि सिकाइरहेको छु ।’ विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका बिद्यार्थीहरुलाई परम्परागत कलाको अध्ययन र सीप हस्तान्तरण गर्न सके संस्कृति लोप नहुने उनले बताए । यो सोरठी अरु गीत र नाच जस्तै सजिलो छैन्। सोरठीको कुनै लिपी नभएकाले यो गला–गला मार्फत पुस्तान्तरण भएको छ। लामो मेलो भएकाले लगाब नभए कहिलेकाहिँ बिर्सने समस्या रहेको विकले बताए । सोरठीमा चार जना मारुनी, चार मादले, एक पुरुसुङ्गे र आवश्यता अनुसार गाउने हुन्छन् ।

कृष्ण चरित्र
प्राय: कृष्ण जन्माष्टमीमा देखाइने कृष्ण चरित्र भार्सेको प्रख्यात कला र संस्कृति हो। जिल्लाका अधिकांश स्थानमा यो गीत र नृत्य संकटमा परिरहेको छ। तर भार्से गाउँमा जिवित रहेको छ । पाको पुस्तादेखि नयाँ पुस्ताले यो गीत र नृत्य प्रस्तुत गर्ने गरेका छन् । कृष्णले बाल्यकालमा गरेका हरेक क्रियाकलाप गीत मार्फत गाउने र अभिनय गरेर दखाइने गुरु बा ६६ बर्षीय मन बहादुर श्रीसले बताए । यो गीत र नृत्य २०४२ सालको एकता दिवसमा लुम्बिनी अञ्चलमै उत्कृष्ट भएको श्रीसले बताए ।

यो कला र संस्कृति पनि गाउँका भिम बहादुर बुढाथोकी, रविलाल काउचा, मोति प्रसाद बुढाथोकी हुँदै मन बहादुरले सिके । अहिले नयाँ युवा युवति श्रीससंगै यो गीत गाउँछन् र नाच्छन् । अहिलेका नयाँ पढेलेखेका युवाहरुले चाहे एक हप्ता÷पन्ध्र दिनमा गाउन र नाच्न सक्ने टोलीका मादलेपदम बहादुर गुरुङ्गले बताए ।

२१ बर्षीया शुसिला दलार्मीले कृष्ण चरित्र कण्ठै गरेकी छन् । बुवा चिन्तारामले पनि कृष्ण चरित्र गाउँछन् । उनीबाटै छोरीले पनि सिकिन । अहिले समुहमा गीत गाउँदै हिड्ने गर्छिन् । उनले १५ बर्षीया एन्जिला गलामीलाई पनि संगसंगै हिडाउँछिन् । कृष्ण चरित्र, सालैजो, सोरठी गाउँदै आएकी शुसिलाले लोक दोहरी र चुट्का जस्तो नहुने बताइन् ।

कृष्ण चरित्र, सोरठी, सालैजो लगायतका गीत र नृत्य भार्सेली समुदायको इतिहास र गौरव हुन् । बिशेष गरेर चाड पर्वमा यी गीत र नृत्य प्रस्तुत गरिन्छ । साथै अरु समय पनि कुनै मेला महोत्सवमा माग भए बाहिर जाने गरिएको सत्यवति गाउँपालिका ८ भार्सेका वडाध्यक्ष सन्त कुमार थापाले बताए । उनले यो कला र संस्कृति भार्सेली जनजाति समुदायको पहिचान भएकाले स्वतस्र्फत रुपमा देखाउने गरिएको बताए । अहिलेबाट भार्सेमा होमस्टे संचालन भएकाले आगन्तुक पाहुनाहरुको माग अनुसार आफुहरुले आफ्ना कला र संस्कृतिहरु देखाउने उदेश्य रहेको थापाले बताए । उनले सकेसम्म नयाँ पुस्तालाई पुराना कला संस्कृतिको पुस्तान्तारण गरिएको बताए ।

सोरठी समुहका मादले नारायण विकले व्यावसायी नभएका कारण आकर्षण कम हुँदै गएको बताए । उनले स्वतस्फुर्त भएकाले समुहमा एक जनाको भागमा एक सय पर्ने र बाहिर काम गरे पाँच सयदेखि एक हजारसम्म कमाइने बताए । उनले व्यावसायीक बनाउन सके नयाँ युवाहरुलाई थप आकर्षित गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend