logo
  • शनिबार, साउन ३० २०८३

गायक प्रनिश बुढाथोकीको “दाईकि साली” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ ।
गायक प्रनिश बुढाथोकीको नायाँ गित “दाईकि साली” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ ।

गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन ।

निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनिले बजारमा लिएर आएको हो ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend