logo
  • सोमबार, असोज १२ २०८३

सामुदायीक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी जेठ ६ ।
गुल्मी दरबार गाउँपालिका वडा नं ४ को पिपलनेटा सामुदायिक बनमा सोमबार बिहान करिब १० बजे तिरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगोलाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र रेसुंगा नगरपालिकाको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र बहादुर खडकाले जानकारी दिए ।

खडकाका अनुसार आगलागी के कति कारण भएको र कसले लगाईदिएको भन्ने बारेमा केही नखुलेको भन्दै पहिले आगोलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको र त्यस पश्चात के कारण लागेको र कसले लगाएको भन्ने बारेमा अनुसन्धान जारी रहेको बताए ।

बनमा लागेको आगो बस्तीमा फैलने हो की भनेर स्थानीयहरु त्रसित भएका छन् । आगो स्थानीय बस्तीमा फैलिने संभबना नभएको र स्थानीय सबै मिलि आगोलाई नियन्त्रणमा लिने प्रयास रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

डिभिजन बन कार्यलयलाई थाहा नै छैन

यता जिल्ला डिभिजन बन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले आगलागी संबन्धी आफूलाई थाहा नै नभएको बताएका छन् । उनीसंग टेलीफोन गरि आगलागी बारे जानकारी लिन खोज्दा उनले उल्टै कहाँ आगलागी भएको छ र भन्दै प्रश्न समेत गरेका छन् ।

पछि सुबेदीले आगलागी नियन्त्रणमा लिनका लागि सुरक्षाको टोली र दमकल गएको छ भन्ने सुनेको उनले बताए । यता गुल्मीदरबार गाउँपालिकाका प्रमुख अशोक थापाले आगलागी नियन्त्रणमा लिनका लागि सबैको प्रयास जारी रहेको भन्दै करिब १० हेक्टर बनमा आगालागीले सखाप पारेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend