logo
  • सोमबार, असोज १२ २०८३

योजना तर्जुमामा नागरिक सहभागिता बढाउन युवाहरुको जोड


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुनिता कंडेल,गुल्मी जेठ ५ ।
बुद्ध रेडियो श्रोता समुह रेसुङ्गा नगरपालिका ४ गुल्मीको नियमित बैठक सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजनाद्वारा सन्चालित रेडियो कार्यक्रम साझा बोलीको लागि १५÷१५ दिनमा बस्दै आएको नियमित बैठक आइतबार पनि महत्वपुर्ण निर्णयको साथ सम्पन्न भएको हो ।
स्थानिय तहको योजना छनोट प्रकृया अन्तर्गत बस्ती स्तरको योजना छनोटमा नागरिक सहभागिताको बिषयमा छलफल भएको थियो । बैठकमा श्रोता समुहका सदस्य,आमा समुहका महिला र सामुदायिक सन्चारकर्मी अम्बिका आचार्यको उपस्थिति रहेको थियो । समुहका सदस्यले बस्तिस्तरको योजना छनोट प्रकृया हुदा आफू पनि सहभागि भएर रेसुङ्गा नगरपालिका ४ मा आवस्यक योजना माग गर्नुपर्ने तर्क राखेका थिए । जनसेवा आमा समुहका महिलाले सामाजिक सन्जाल र इन्टरनेट प्रती आफ्नो चासो हुदाहुदै पनि प्रयोग गर्ने तरिका थाहा नभएर पछि परेकोले इन्टरनेट सिकाउने तालिम माग गर्नुपर्ने कुरा उठान गरेका थिए ।

गाउँका महिलाहरुमा अझै पनि धेरै मान्छेको अगाडि बोल्न लजाउने डराउने समस्या समाजमा ब्याप्त देखिएकोले ब्यक्तित्व बिकाश हुने खालका तालिम लिउनुपर्नेमा महिलाहरुको भनाइ थियो । समुहका योजना छनोट प्रकृया जेठको १५ भित्र हुने रेसुङ्गा नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष बिजयकुमार मरासिनिले बैठकको समयमा फोनमार्फत जानकारी दिनुभएको थियो । छलफलपश्चात आमा समुहका महिलाहरुको कुरालाइ आत्मसाथ गर्दै समुदायको लागि विभिन्न सिपमुलक तालिम,नेतृत्व बिकास तालिम, महिलालाइ इन्टरनेट सिकाइ तालिम लगायत एस्तै योजना आवश्यक परेकोले सबैको आबश्यकतालाइ ध्यानमा राखी योजना माग गर्ने श्रोता समुहले निर्णय गरेको छ ।

०७४ माघ १७ गते गठन भएको यस समुहले सामुहिक रुपमा रेडियो कार्यक्रम सुन्ने, छलफल गर्ने , प्रतिकृया दिने , सुशासनसङ्ग सम्बन्धित कुराबाट समाजमा परिबर्तन ल्याउने र जनप्रतिनिधिलाइ पारदर्शी र जवाफदेही बनाउने पहल गर्दै आएको समुहकी सहजकर्ता सुनिता कंडेलले बताउनु भयो । कार्यक्रममा शिक्षा,स्वास्थ,कृषि ,बिपत ब्यबस्थापन लगायत सुशासन सङ्ग सम्बन्धित बिषयबस्तु उठान हुने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend