साझा नेटवर्क
बिमल प्रसाद पाेख्रेल,प्यूठान जेठ ५ ।
प्युठानमा हुने दाेस्राे उपराष्टपति चिल्डेन म्याचकाे तयारी तिब्र पारिएकाे छ । पाँच नम्बर प्रदेश अन्तर्गत बार्ह जिल्लाका चाैध बर्ष मुनिका करिब चारसय खेलाडि खेलमा सहभागी हुनेछन।
जेठ नाै गते देखि सुरु हुने खेलकाे तयारिका लागि जिल्ला समन्वयन समिती प्यूठानका अध्यक्ष केशवराज आचार्यकाे प्रमुख अतिथिमा जिल्ला स्थित सबै सरकारि गैर सरकारि संघ संथाका प्रमुख हरुकाे बैठक बसि खेललाई मर्यादित बनाउन विभिन्न उपसमिति समेत गठन गरि कमकाे बाडफाड गरेकाे छ ।
खेलकुदबिकास समिति पाच नम्बर प्रदेशका अध्यक्ष भिम वलिले प्रर्यटन बिकास र स्वस्थ्य काे लागि खेलकुदमा लगानि गर्न आग्रह गर्नु भयाे। खेलाडिका लागि सुहाउदाे माैसम उचित हाेटलहरुकाे ब्यबस्था र प्रयाप्त खेलमैदान भएकाेले प्युठानमा खेल हुनलागेकाे वलिकाे भनाई छ ।
प्युठानलाई स्वर्गद्वारीकाे नामले मात्र नभई खेलैखेलकाे जिल्लाका नामले चिनाउन र अार्थिक अबस्थालाई मजबुद बनाउन निरन्तर लागि पर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष स्याम थापाले बताउनुभयाे ।
स्थानिय तहमा राेगि पाल्ने हाेइन खेलमा लगानि गरि निराेगि ब्यक्ति उत्पादन गरि बिकास निर्माणकाे कार्यमा लाग्ने प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिकाे भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend