logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी जेठ ०५।
गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गाडी चालक गुल्मी दरवार निवासी २५ वर्षिय मिनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । ट्याक्टर आइतवार दिउसो वामीटक्सारबाट मजुवा तर्फ जाँदै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend