logo
  • शनिबार, भाद्र २० २०८३

दुबईमा नेपालीको लगानीमा कोशेली ट्राभल्स सञ्चालन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लालबहादुर ढेंगा, दुबई ।
दुबईको बसपार्क नजिकै नेपालीको प्रत्यक्ष लगानीमा कोशेली ट्राभल्स एण्ड टुरिजमको विधिवत रुपमा पूजा आजाका साथ शुक्रबार उद्घाटन गरिएको छ । उक्त उद्घाटन विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा लोकल स्पोन्सर जाईनव हसन मुसा अलि अल बलुसीको हातबाट रिवन काटेर गरेको हो ।

युएईमा नेपाली कामदारहरुको संख्या लगभग ३ लाख ५० हजारको हाराहारिमा तथ्याङ्क गरिन्छ भने नेपाली व्यवसायीहरु पनि दिनहुं फस्टाउदै गएको पाईन्छ । नेपाली व्यवसायहरुमा व्यूटी पार्लर, कपडा पसल, ग्रोसरी, रेष्टुरेण्ट, लोक दोहोरी सांझ, जेन्स सलुन, किनारा पसल, ट्राडिङ कम्पनीहरु र ट्राभल्स एण्ड टुरिजम आदि रहेका छन् ।

दुबईमा मात्र नेपालीहरुको लगानीमा खोलिएको ट्राभल्सको संख्या अब भने ७ पुग्न गएको छ । अन्य व्यवसायको तुलनामा व्यूटी पार्लर, रेष्टुरेण्ट र ट्राभल्स मौलाएको देखिन्छ । युएईको मुटु मानिने दुबई सहर त्यसमाथि पनि नेपालीहरुको सधै चहल पहल रहने बर दुबईमा धेरै जसो नेपालीहरुको व्यवसायहरु रहेका छन् ।

लामो समयदेखि रोजगारीमा रहेका व्यक्तिहरु अब भने व्यापक रुपले व्यवसायी तिर हानिएको देख्न पाईन्छ । दुबईमा आफ्नो व्यवसायी जमाउनका लागि खासै ठूलो भलाकुसारी गर्न पर्दैन । एउटा लोकल स्पोन्सर भएपछि सजिलैसंग प्रक्रिया अगाडि बढाउन सकिन्छ । आफ्नो व्यवसायका साथ अन्य नेपालीहरुले रोजगार समेत पाएका छन् ।

लामो समयदेखि दुबईस्थित रोजगारीमा कार्यरत रहेका ओमप्रकाश न्यौपानेका साथ अन्य ३ जनाका संयुक्त लगानीमा खोलिएको ट्राभल्स व्यवसायमा खासगरी नेपालीहरुको लक्ष्य गरिएको छ । किन कि यो सेरोफेरो नेपालीहरुको जमघट हुने मूख्य केन्द्र बिन्दु हो ।

एयर टिकटका साथै भिजिट भिषा र टुरिष्ट भिषा सहुलियत दरमा उपलब्ध हुने व्यावस्था रहेको बताएका छन् । उहांहरुको व्यवसायले सधै प्रगतिको शिखर चुमुन भन्ने हाम्रो पनि शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend