logo
  • सोमबार, असोज १२ २०८३

ब्रह्रमाकुमारी ईश्वरीय विश्वविद्यालय उपशाखा बुर्तिबाङको भवन उद्घाटन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बागलुङ, जेष्ठ ३ ।
ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङमा निर्माण सम्पन्न ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय भवनको हिजो उद्घाटन गरिएको छ । ‘भवन उदघाटन तथा स्नेह मिलन’ कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, मानिस आध्यात्मिक ज्ञानले जीवन परिवर्तन गर्न सक्ने बोल्नुभएको थियो ।

बुर्तिबाङमा स्थापना भएको ब्रह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखाबाट प्राप्त ज्ञान लिएर यहाँका स्थानीयले सकरात्मक सोंचको विकास गर्न आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि नेपालीले उपशाखाका लागि नगरपालिकाको आगामी वजेटबाट ५ लाख रुपैयाँ सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रहनुभएकी ब्रह्रमाकुमारी इश्वरीय विश्व विद्यालय नेपालकी निर्देशक, एवं नेपालकै पहिलो ब्रह्रमाकुमारी परिणीता दिदिले, बर्तमान समयमा, मानव जातिमा बढ्दो मनोविकार तथा चारिक्रिक पतन बढ्दै गइरहेकोले त्यसलाई कम गर्दै, मानव जातिमा नैतिक मुल्यको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालयको मूल नारा भनेकै ‘स्वयंद्धारा विश्व परिवर्त गर्नु’ रहेकोले, अहिलेको समयमा मानवीय सेवामा समर्पित भावनाको विकास गर्दै जानु पर्नेमा जोड दिनुभयो ।

आजको मानव जाति आफ्नै कर्मका कारण आफै दुःखी हुन पुगेको भन्दै, प्रमुख अतिथि परिणीता दिदिले, ‘भौतिक शुखले मात्र मानवीय जीवनमा शुख प्राप्ति हुन नसक्ने हुँदा, आजका मानिसले आफ्नो सोंचलाई सकरात्मक बनाउ सक्नु पर्ने, तथा सकरात्मक चिन्तनद्धारा नै मानवीय जीवन शुख शान्ति, आनन्दको प्राप्ति हुने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव ब्रह्रमाकुमार शैलेश राज बरालले, ‘मानव जीवनमा जस्तो सुकै परिस्थिति आउन सक्छ तर सबै परिस्थितिलाई राजयोगका माध्यमद्धारा जीवनको एकरुपता ल्याउन सकिने बताउनुभयो ।

राजयोग प्रशिक्षण, ब्रह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले निरन्तर सञ्चालन गरिरहेको बताउँदै उहाँले आम नागरिकको जीवनमा सकरात्मकता लिन सबै राजयोग सेवा केन्द्र सञ्चालन हुने शिविरमा सहभागीता जनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष दुर्गादेवी घर्ति, बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष यामु पौवी, जग्गा दाता तुल्सीराम अर्याल, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उहाँहरुले बोल्नेक्रममा यहाँ स्थापना भएको ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालयको सेवा र राजयोग प्रशिक्षण केन्द्रले यहाँका जनताको सकरात्मक सोचमा विकास गराउने विश्वास व्यक्त गर्नुभएको थियो । मानवीय जीवनमा उन्नति प्रगतिका लागि आध्यात्मिकता र भौतिकता दुवै आवश्यक रहेको बताउँदै, यसलाई दुई रथका पाँङ्ग्राका रुपमा बुझ्न आवश्यक रहेको, बोल्ने वक्ताहरुको भनाई थियो ।

३ वर्ष अघि स्थापना गरिएको सेवा केन्द्रले विक्रम सम्वत २०७४ सालबाट भवन निर्माण सुरु गरेको थियो । स्थानीय तुल्सीराम अर्याल र उहाँकी धर्मपत्नी कमला अर्यालले २ आना बढी निःशुल्क जग्गा दान गरेपछि करिव ४० लाखको लागतमा तीन तले भवन निर्माण गरिएको ब्रह्रमाकुमारी स्मृतिले जानकारी दिनुभयो । भवनको केही संरचना अझै निर्माणाधिन अवस्थामा रहेको भएपछि बढी भन्दा बढी काम सकिएकाले अहिले उद्घाटन गरिएको हो ।

कार्यक्रम ब्रह्रमाकुमारी सावित्री दिदिको अध्यक्षता, ब्रह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय बुर्तिबाङ उपशाखाकी सञ्चालिका मन्दिरा दिदिको स्वागत तथा ब्रह्रमाकुमारी रमाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend