logo
  • शनिबार, भाद्र २० २०८३

अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजको वृहत इफ्तार कार्यक्रम सम्पन्न, राजदूतलाई भव्य बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
मुस्लिम समुदायहरुको पबित्र महीना रमज़ानको अवसर पारेर अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज क़तारले बृहत इफ़्तार कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दुताबास क़तारका राजदूत प्रोफ़ेसर रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएकों कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले गरेका थिए ।

बिशिष्ट अतिथिहरुमा समाजका अन्तराष्ट्रीय संयोजक प्रोफ़ेसर रमज़ान अली मिया प्रमुख सल्लाहकार करिम बख़्श मिया बिशिष्ट सल्लाहकार अज़ीज़ अली लगाएत एनआरएन आइसीसी गल्फ संयोजक आरके शर्मा उपसंयोजक प्रविन गुरुङ अनरी काउन्शील मेम्बर नरेन्द्र भाट, बिल गुरुङ आइसीसी सदस्य बिमल सुवेदी आईसीसी कोअप्ट मेम्बर बिनोद भट्टराई र एनसीसी महासचिव बैचारिक संस्थाका प्रमुखहरू जातीय सामाजिक साहित्यिक संघ संस्थाका प्रमुखहरू धर्म गुरु मौलानाहरु रहेका थिए ।

इस्लाम धर्मको ५ आधार स्तम्भ मध्यको एउटा रोज़ा अर्थात (बर्त) बस्नु हो । १ महीना चल्ने रमाजानको रोजा बस्ने बर्तालुहरूलाई इफ़्तार (बर्त ख़ोल्ने) उक्त कार्यक्रममा सयौका संख्यामा मुस्लिम समुदायका बर्तालु उपस्थित थिए । मौलाना धर्म गुरुबाट पवित्र ग्रन्थ कुरानको आयात (श्लोक) र सामुहिक राष्ट्रिय गानबाट औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा कतारका लागि नेपाली राजदुत प्रोफेसर रमेश प्रसाद कोइरालालाइ भब्य बिदाइ तथा सम्मान गरिएको थियो ।

खादा प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान पछी प्रमुख अतिथि समेत रहेका कोइरालाले रमजानको रोजा बस्नु को अर्थ आत्म सुद्दताको लागि हो यसले शरीरलाइ सन्तुलित र स्वास्थ्य राख्ने हुनाले मुस्लिमले मात्र हैन सबै मानवले राख्दा राम्रो हुने बताए आफुलाई गरिएको सम्मान प्रति धन्यबाद प्रकट गर्दै कोइरालाले रमजानको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रश्नउत्तरको सेसन पनि रहेको थियो जसमा २५ जनाले आकर्षक पुरस्कार पनि जितेका थिए । शुभकामना मन्तब्य दिने क्रममा बक्ताहरुले कार्यक्रको खुलेर प्रशंशा गर्दै पवित्र महिनामा सबैको मनोकान्छा पुरा होस् र सबैको रोजा (बर्त) सफल रहोस भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य समाज कि महिला संयोजक आमिना खान र संचालन समितिका सचिव अजमत अलिले गरेका थिए । उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष मोहम्मद मुक्तादाले महामहिम राजदुतको सुखद यात्राको कामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend