साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ ०१ ।
रेमलीटोला प्राथमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा स्थानियले ३ सेट कम्यूटर तथा १ सेट ड्रमसेट हस्तान्तरण गरिएको छ। सक्न्यारकै वेल वहादुर सलामी, दुर्गा वहादुर सलामी र रन्जिता पुन काउचाले कम्प्यूटर तथा टोप बहादुर भुजेलले ड्रमसेट हस्तान्तरण गर्नुभएको हो।
एक कार्यक्रम विच गरिएको हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, सामाग्रिदाता वेल वहादुर सलामी, समाजसेवी ढालेन्द्र शेरचन, लेखक पुन लगाएतलले बोल्नुभएको थियो। कार्यक्रममा सामाग्रिदातालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भक्त वहादुर सलामीको अध्यक्षता, विद्यार्थी विकास श्रीसको स्वागत मन्तव्य तथा शिक्षक अनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

रेमलीटोला प्राविमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजीमाध्यममा पठन पाठन हुँदै आएको छ। ५५ जना विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा ३ दरवन्दी र ३ जना निजिश्रोतमा गरि ६ जना शिक्षक रहेका छन्। स्थानियले चन्दा उठाएर शिक्षकहरुको व्यावस्थापन गर्दैआएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend