logo
  • सोमबार, असोज १२ २०८३

पसल गरेर भन्दा गिट्टी कुटेर नै सन्तुष्ट छु : झाक्री


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

चोम बिष्ट, रोल्पा बैशाख ३१।
रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम साबिकको फगाम गाबिस ९ दुङ्सी निबासी मन बहादुर झाक्री मगर वैदेशिक रोजगारको सिलसिलामा कतार दुई वर्ष बसेर नेपाल फर्केका थिए र त्यहा खाडि मुलकमा गएर दुख गरेको सम्झिदा अझै शरीर झसङ्ग हुन्छ बताउछन् ।

मगरले बिदेश नजाने निधोका साथमा २०५८ सालमा सुनिल स्मृति गाउँ पालिका वडा नम्बर ३ रुइनिबाङ साबिकको मिझिङ गाबिस ३ केराबारी भन्ने ठाउँमा गाउँ देखी आएका थिए सुरुमा सानो चाउमिन नास्ता पसलको सुरुवात गरे त्यतिबेला चाउमिन पसले भनेर चिनिने झाक्री अहिले त्यही चाउमिन गिट्टी कुटेर आफ्नो जिविका पार्जन गर्दै आइरहेको बताउँछन् ।

घडेरी किनेर घर सम्म बनाए उनले आफ्नो घरबाट आवश्यक आर्थिक रूपमा प्रयाप्त रूपमा नभए पनि कडा प्रश्रम मेहनत गरेपछि आफ्नो उद्देश पुरा गर्न सकिदोरहेछ बताउछन, गिट्टी कुटिरहेको समयमा श्रीमान श्रीमतीले कुटिरहेको दृश्य देख्दा नै अचम्मित थियो ।

झाक्रीकि श्रीमती निर्मली झाक्रीलाई सोध्यो यो गिट्टी कुटेर दिन बिताउनु भन्दा पसल चलाएर बसे बीस हुदैन भन्दा पसलबाट बचेको फुर्सदको समयलाई सदुपयोग गर्दै छौ काम नगरी बस्न सकिन्न फुर्सदको समय मिलेपनी काम गर्न मन लाग्छ हाम्रो बानी नै बसिसक्यौ बताउँछन् गिट्टी कुट्ने समयमा आखामा सम्म चोट लागेको थियो तर हरेस खानु हुन्न भन्ने कुरालाई मनन गरेकोछु।

यसरी एकसाथ काम गर्न पाउदा पैसा भन्दा पनि ठुलो माया रहेछ धेरै पैसा कमाउने इच्छामा बिदेश जानू भन्दा यहि बसेर पनि गर्न सकिदो रहेछ भन्ने एउटा उदाहरणिय रूपमा समेत देखिएका छन उक्त झाक्रीका एक छोरी एक छोरा रहेको बताए ।

हामीले काम गरेको देखेर कति काम गर्नु हुनुहुन्छ भन्छन्, तर हामी काम गर्दै गर्दा रातपरेको पनि कुनै दिन थाहा पाउदैनौ भन्छन । यसरी काम गर्दा छोराछोरीले नगर्नुस् आराम गर्नुस् भन्छन् तर हाम्रो मनले त्यतिकै बस्न मान्दैन । झाक्री को निर्मली कोल्ड स्टोर एण्ड चाउमिन सेन्टर संचालन गर्दै आइरहेका छन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend