logo
  • सोमबार, असोज १२ २०८३

ढोरपाटन नगरपालिकाको बोबाङमा मिनी ट्रक दुर्घटना, ३ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हेम विश्वकर्मा, बागलुङ बैशाख ३१ ।
ढोरपाटन नगरपालिकाको बोबाङ बाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । घाइते हुनेहरुमा बोबाङ निवासी पार्वति बि.क , दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

उनिहरुको अहिले प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको अबस्था खासै गम्भिर नभएको पनि बताइएको छ । दिउँसो पख परेको अबिरल बर्षाका कारण बाटो चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ट्रक चालक सँग संपर्क हुन नसकेकाले यकिन भने सकेको हुन छैन । अहिले दुघटना भएको स्थान तर्फ प्रहरी टोली गैसकेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकास यादबले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend