साझा नेटवर्क
तारा कडेल, गुल्मी बैसाख ३१ ।
गुल्मी दरबार गाउँपालिकाले वृद्धवृद्धि महिलाहरुलाई लक्षित गरि सप्ताहब्यापी स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।
शिबिरमा २१५६ जनाले प्रत्यक्ष सहभागी भई निशुल्क आ-आफ्नो स्वास्थ्य परिक्षण गरि चेक जांच गरि औषधि उपचार गरिएको गुल्मी दरबार गाउँपालिका का स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले बताए ।
शिबिरमा १७९६ जनाले रगत जांच ९९८ जनाको भिडियो एक्स रे, ८०४ जनाको आँखा जांच, १६२ जनाले दांत सम्बन्धि २९३ जनाको मुटुको इ सि जि चेक जांच गराएका थिए भने चेकजांचको क्रममा पथरी, पाठेघर, मुटु सम्बन्धि समस्याहरु देखा परेको थिए ।
कार्यक्रमको संचालन गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले गर्नुभएको उक्त शिबिरको समापन टोप बहादुर बस्नेतले गर्नुभएको थियो। शिबिरमा सहयोग पु¥याउने ८३ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँपालिका द्वारा १ र १ थान ब्याग प्रदान गरिएको थियो भने शिबिरमा ३ जना एम बि बि एस डाक्टर सहित ४० जना स्वास्थ्यकर्मिहरुको टोलि परिचालन गरिएको संयोजक अर्यालले बताउनु भयो ।
गाउँटोलका वृद्धवृद्धा तथा महिलाहरुलाई सहज होस भनि हेतुले शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए शिबिर अत्यन्त प्रभाबकारि र उपयोगि भएको शिबिरमा सहभागी डा शिला ढकालले बताइन ।
त्यस्तै गुल्मी दरबार गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले गाउँटोल सम्म अस्पताल नै स्थापना भएको झल्को दिनेगरि प्रभाबकारी रुपमा शिबिर सन्चालन भएको उल्लेख गर्नुभयो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend