logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए कतारको आठौं राष्ट्रिय महाअधिवेशन अगष्ट ३० मा हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ । गत ३ मई २०१९ मा बसेको एनसीसी कतारको तेश्रो तथा अन्तिम पञ्जिकृत सदस्यहरुको भेलाले सो निर्णय गरेको हो ।
पन्जिकृत सदस्यहरुको भेलाले नयाँ सदस्यहरुको लागि आवेदन पनि आब्हान गरेको छ । निर्णय अनुसार ५ मई मा खुल्ला गरिएको सदस्यता आह्वान ३० जुन २०१९ सम्म खुल्ला रहनेछ र स्विकृत पञ्जिकृत सदस्यहरुको अन्तिम नामावली २६ जुलाई २०१९ मा प्रकाशित गरिनेछ ।

त्यसै गरी पन्जिकृत सदस्यहरुको भेलाले आठौं महाधिबेशनबाट कार्यकाल २०१९–२१ को लागि नयाँ कार्यसमितिको निर्वाचन २३ अगस्त २०१९ मा सम्पन्न गरी ३० अगष्ट २०१९ का दिन शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरिने बारे एनसीसी कतारका महासचिव बुधबल गुरुङले बताए ।

महासचिव गुरुङका अनुसार पञ्जिकृत सदस्यहरुको भेलाले विधान संशोधन गरिएको थियो। संशोधित विधान अनुसार निर्वाचन सम्पन्न गराउन एनसीसी कतारका प्रमुख सल्लाहकार बिनेश तामाङलाई निर्वाचन समितिका संयोजकमा मनोनित गरिएको छ। समितिका संयोजक तामाङले एनआरएनए आईसीसीले जारी गरेको निर्वाचन निर्देशिका अनुसार निर्वाचन सम्पन्न गराउनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend