साझा नेटवर्क
सज्जन ढकाल, बुटवल बैशाख ३० ।
भुर्तुङ छापचौर तराइ सम्पर्क समाजको गठन कार्य आज सम्पन्न भएको छ । २०६३ सालमा स्थापित यो सस्था विशेषत गुल्मी भुर्तुङ जन्म घर भई व्यापार ब्यवसाय लगायत अन्य सिलसिलामा रुपन्देही जिल्ला बुटवल लगायत आसपासका सबै जिल्लाहरुमा बसोबास गर्ने जनसमुदायको सम्पर्क समाज हो ।

जस्ले जन्मभूमि प्रती विभिन्न क्षेत्रमा अतुलनिय योगदान दिदै आएको छ । वैशाख २८ गते बुटवलमा विशेष कार्यक्रम गर्दै राजकुमार केसिको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जस्ले आजिवन सदस्यीय पनि यसै नयाँ कार्यसमिति गठनका साथ घोषणा गरेको छ ।
विशेष गरि यश कार्यक्रममा भुर्तुङ छापचौर र आजभोली सैनामैना नगरपालिकामा बसोबास गर्दै आउनु भयका बयो वृद्ध ब्यक्ती जयकृष्ण सर्माको प्रमुख आथित्यमा सन्चालन गरियको थियो । र भुर्तुङ जन्म घर भई तराइमा बसोबास गर्ने जनसमुदायको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएको कार्यक्रममा समाजका पुर्व अध्यक्ष हिरा ध्योज साहले नेतृत्वमा रहदा गरेका सबै कार्य लगायत अन्य सबै विषयको जानकारी दिनु भएको थियो । विशेषत यश कार्यक्रममा बोल्दै अन्य कक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भयको थियो ।
बन्द सत्रमा नेतृत्व सर्व सहमतिमा चयन गरिएको हो । केही समय युवाहरुले नेतृत्व ग्रहण गर्नु पर्छ भन्दै केही समय बिथलिएको थियो । अन्त्यमा आपसी समजदारिमा नेतृत्व चयन गरिएको थियो । कार्यक्रमको सन्चालन हरिस ढकालले गर्नु भएको थियो ।
विशेषत यश कार्यक्रममा बोल्नु हुने सबै बक्ताहरुको आसय भुर्तुङ्लाइ बिकास परिवर्तन र समृद्धि गराउने रहेको बताउनु भएको थियो । नव निर्बाचित अध्यक्ष केसिले निरन्तर अगाडि बढ्दै समतामुलक र सभ्य समाज निर्माणमा आफ्नो भुमिका रहने प्रस्ठ पार्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend