logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा सम्पर्क समाजको पुर्णन गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, दोहा ।
रामेछाप दोहा सम्पर्क समाजले दोहाको नज्मा रोयल नेपाली रेष्टुरेण्टमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्दै १९ पुर्ण कार्यसमिती र दुई सल्लाहाकार गरी २१ सदस्सीय कार्यसमिति चयन गरको छ ।

जसमा १. अध्यक्ष ललित कुमार तामाङ्ग ,२. प्रथम उपाध्यक्ष, उद्धव मगर, ३.द्धितीय उपाध्यक्ष, सामुयल सुनुवार, ४.महासचिव नर बहादुर तामाङ्ग ५. सचिव, निरमल नेवा खडगी,६. कोषाध्यक्ष, निर बहादुर मगर, ७ं सह–कोषाध्यक्ष, मान बहादुर तामाङ्ग, सदस्यहः– ८. विक्रम योजन, ९ अरुण कुमार सुनुवार, १०. अमित मोक्तान तामाङ्ग, ११. लाल बहादुर तामाङ्ग,१२. सानु सिंह तामाङ्ग,१३ अशोक वोल तामाङ्ग,१४.शुभराज सुनुवार, १५.बुद्धविर तामाङ्ग,१६. विकास सुनुवार, १७.विनिता घिसिङ्ग तामाङ्ग,१८.लाल बहादुर सुनुवार, १९. रवि कार्की, र सल्लाहाकार १. प्रमुख रामहरी खत्री, २. सुर्य भण्डारी, चयन भएको उक्त कार्यक्रम कोषाध्यक्ष उद्धव मगरको अध्यक्षतामा र सञ्चालक का.वा अध्यक्ष तथा सचिव ललित कुमार तामाङ्गको सञ्चालनमा रहेको कार्यक्रममा भने अतिथीहरु रामहरी खत्री, नर बहादुर तामाङ्ग, सामु सुनुवारको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वोल्दै अतिथी सामु सुनुवार र नर बहादर तामाङ्गले भन्नु भएको छ हामीलाई कीन समाज चाहीन्छ समाज केका लागी भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो । अतिथी रामहरी खत्रीले पनी आफ्ना भनाईहरु राख्दै यस भेटघाट तथा परिचयात्मक कार्यक्रममा उपस्थित सम्पूर्ण दोहामा रहनु हुने आफ्नो जन्म थलो नेपाल भएपनी कर्मथलो कतारलाई बनाउने आम जिल्लावासी साथीहरुलाई प्रक्षिण दिंदै गर्वका साथ भन्नु भएको छ ।

यसरी नै हामी एक जुटभएर आगाडी बढेउ भने अवश्य पनि हामी एकदिन रामेछाप दोहा सम्पर्क समाज नमूनाको रुपमा अगाडी देखापर्ने विश्वास व्यक्त गर्नु भएको छ । थप भन्नु भएको छ यस समाजमा एक दुई जना साथीहरुले गर्दा समाजमा आँच आउने काम गर्नु नहुने पनि वताउनु भएको छ ।

उहाँले जोडदै भन्नु भयो यो समाज हाम्रो हो मेरो हो हामी सबैको हो तर व्यस्तताको कारणले यस समितिभित्र बसेर काम गर्न नसके पनि यस समाज अगाडी बढाउउन लागी चाहीने आवश्यक भौतिक नैतिक आर्थिक निरन्तर गर्दै आएको र गरी रहने बाचा गर्दै पुरानो समितीलाई धन्यवाद र अब बन्दै गरेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

त्यस्तै यस समाजमा धेरै आरोह अवरोह जिल्लाका साथीहरुको मौनता पटक पटक जिल्लावासीलाई सम्पर्क वावजुद पनि समाज अन्तिम अवस्थामा आईपुग्दा पनि यस समाजका बौद्धिक सर्कलका व्यक्ती संस्थाका का.वा अध्यक्ष तथा सचिव हुनहार युवा ललीत कुमार तामाङ्गले पनि आफ्ना भनाईहरु राखेका थिए ।

यस संस्थामा विभिन्न पद रिक्त भएकै कारण आफुले सम्पूर्ण जिम्मेवारी सम्माल्दै आएको सचिव पदको पनि जिम्मेवारी निभाउनु भएको छ जस्तै जिम्मेवारी अनुसार यस संस्थाको प्रगती प्रतिवेदन तयार पार्नेदेखी अन्य समसामूहिक विषय पनि तयार पार्दै यस कार्यक्रम आजको अन्तिम पुर्णन गठन अवस्था सम्म विना विचलन आफु यहाँ सही ठाउँमा अवतरण हुनु पाएकोमा अत्यन्तै हर्षित भएको वताउनु भएको छ ।

अन्तमा यस भेटघाट कार्यक्रम अत्यन्तै भद्र र सौहद्रपूर्ण वातावरणमा समापन भएको यस सभाका सभा अध्यक्ष उद्धव मगरले घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend