logo
  • सोमबार, असोज १२ २०८३

जिल्ला अस्पताल गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, गुल्मी बैशाख २९ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला अस्पताल तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी अस्पतालले दिने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।

जिल्ला अस्पताल तम्घास गुल्मीबाट सेवा लिदा अस्पताल बाट निःशुल्क पाउनुपर्ने औषधिहरुको बारेमा पूर्ण जानकारी नभएको, अस्पतालमा पानीको अभाव रहेको, सरसफाईमा कमी भएको, अस्पताल हाता भित्र क्यान्टीनको व्यवस्था नभएको,विरामी जाचँमा टोकन सिस्टमको व्यवस्था नभएको लगाएतका गुनासोहरु आएका थिए ।

प्राप्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष्ँ ढुण्डीराज पोख्रेल ,सचिव विनोद पाण्डेय, र कार्यक्रम अधिकृत अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend