साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी बैशाख २८ ।
बडिगाढ गाउँपालिका ६ सुरकुडी बाग्लुङ्गकी बिबिसा थापा । भर्खर ६ बर्षकी पुगिन् । बेला–बेलामा सास फेर्न मुस्किल हुने र ढल्ने उनको समस्या छ । गाउँमा त्यो उपचार सम्भव थिएन । बालिकालाई शनिबार आमा शोभा थापाले चार घण्टाको बाटो हिडेर गुल्मीको अर्खबाङ्ग ल्याइन् । बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर बिशाल केसीले बालिकाको मुटुमा प्वाल परेको पत्तो लगाए ।

आमा शोभा छाँगाबाट खसे जस्तै भइन् । बिपन्न परिवारमा छोरीको अवस्था त्यसो भएपछि थप पीडा थपिएको छ । डाक्टर केसीले बालिकालाई छिट्टोभन्दा छिट्टो अप्रेशन गर्नुपर्ने सुझाव दिए । ‘बालिकाको तत्काल उपचार गर्नुपर्ने देखिन्छ, त्यसैले काठमाण्डौ गंगालालमा लैजान भनेको छु,’डाक्टर केसीले भने,‘ढिला सूस्ती गरे ज्यान जान सक्छ ।
उनले बालिकालाई गंगालालसम्म लगे सवै उपचार निशुल्क हुने भएकाले ढिला नगर्न आग्रह गरे । बिविसाका बुवा पूर्ण बहादुर थापा हुन् । उनले अर्की श्रीमति बिहे गरेर बसेका छन् । पूर्ण बहादुरले बेवास्था गरेपछि श्रीमति शोभाले बिबिसासंगै तीन जना छोराछोरी माइतमै हुर्काइएकी छन् । माइती पक्षको पनि कुनै आर्थिक स्रोत छैन् ।
शोभाले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएकी छन् । जेठी छोरी बिसु थापा १२ र छोरा विकाश १० बर्षका भए । बिबिसालाई मुटुको समस्या भएको धेरै समय भएपनि बुवाको बेवास्था र आमाको कुनै उपाय नभएकाले आफुले शिविरमा लिएर आएको मालिका गाउँपालिका ४ की तुलसा अर्यालले बताइन् ।
उनले गाउँमा चन्दा उठाएर भएपनि उपचार गराउन सुझाव दिए पनि बुवाले कुनै वास्था नगरेका कारण समस्या भएको बताइन् । ‘नानीको अवस्था दैनिक नाजुक बन्दै गएको छ, बुबाले अर्की लिएर बसेका छन्,’उनले भनिन,‘आमा काठमाण्डौ पु¥याउन र बाटा खर्च जुटाउन समेत नसक्ने अवस्थामा छन् ।
बडिगाढ गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बालिका अवस्था सुनेर अत्यन्तै दुख लागेको बताए । उनले गाउँपालिकाको तर्फबाट बिधि र प्रक्रियाले भ्याएसम्मको सहयोग गरेर काठमाण्डौ पठाउने बताए । बाटा खर्चनै नभएर बालिका मर्न दिदैनौ,’उनले भने,‘ कार्यबिधीमै टेकेर पाँच हजारदेखि २५ हजारसम्म सहयोग गर्न सकिन्छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend