logo
  • सोमबार, असोज १२ २०८३

७४ वर्षको उमेरमा पहिलो पटक नागरिकता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी बैशाख २५ ।
गुल्मीमा ७४ वर्षको उमेरमा बृद्धाले पहिलो पटक नागरिता पाएकी छन् । जिल्लाको मालिका गाउँपालिका २ छापहिलो निवासी सुन्तली बस्नेतले ७४ वर्षको उमेरमा घुम्ती शिबिरबाट नागरिता पाएकी हुन् ।

जिल्ला प्रशान कार्यालय गुल्मीले सञ्चालन गरेको एकिकृत घुम्ती शिबिरमा बुधवार अर्खाबाङ्गमा चलेको शिबिरमा बस्नेतले नागरिता प्राप्त गरेको छन् । उनलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रित बहादुर थापाले लगायतका टोलीले नागरिता हस्तातरण गरेका थिए ।

पहिलो पटक नागरिता पाएपछि बस्नेतले खुसी व्यक्त गरेकी थिइन् । नागरिता नवनाउदा ति बृद्धले नेपाल सरकारबाट प्राप्त बृद्धभत्ता समेत लिनबाट बञ्ची थिइन । सदरमुकामसम्म बिबिध कारणले आउन नपाएको र घरमै सेवा पाएपछि नागरिता लिएको उनले बताइन् ।

बृद्धा बस्नेतको नागरिता लिन उनका श्रीमान इनद्रबहादुर बस्नेतले सनाखत बसेका थिए । बृद्ध अबस्थामा आएर भएपनि नेपाली नागरिता पाउँदा खुसीले दङ्ग परेकी थिइन् । जिल्लाको सदरमुकाम बाट टाढा र अति बिकट र ग्रामीण बस्तीहरुमा एकिकृत घुम्ती शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

एकिकृत घुम्ती शिबिरबाट गाउँमै सेवा पाउदा सदरमुकाम आउन नसक्ने र तम्घास आएर नागरिता बनाउदा लाग्ने खर्च समेत बचत भएकाले स्थानिय खुसी व्यक्त गरेको बताए । सेवा ग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा यसरी शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

मालिका गाउँपालिकामा ३ वटा स्थानमा एकिृकत घुम्ती शिबिर राखिएको थियो ।
मंगलवारबाट सुरु गरिएको घुम्ती शिबिरमा मालिका गाउँपालिकाको दलिङ्गमा १ सय ७३ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । बुधवार ९६ जनाले नागरिता लिएको पाण्डेयले बताए ।

बिहिवार मालिका गाउँपालिकाकै घमिरमा घुम्ती शिबिर राखिएको प्रशासकीय अधिकृत पाण्डेयले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिका पुर्तिघाट,चन्द्रकोट गाउँपालिका शान्तिपुर, मदाने गाउँपालिका पुर्कोटदहमा यस अघि एकिकृत घुम्ती शिबिर सञ्चालन गरेका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पाण्डेयले बताए ।

एकिकृत घुम्ती शिबिरमा फोटो सहितको मतदाता नामावली संकलन लगायत अरु बिभिन्न कार्यालयबाट प्राप्त सेवाहरु पनि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend