logo
  • सोमबार, असोज १२ २०८३

औधोगिक शान्ति नेपाल सस्था द्वारा मृगौला पिडीतलाई १ लाख २० हजार सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौँ बैशाख २५ ।
औधोगिक शान्ति नेपाल सस्थाले दुइ वटानै मृगौला खराव भएर पिडित भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित दिपक बहादुर धामी (दिपेन्द्र) लाई रु १ लाख २० हजार सहयोग गरेको छ ।
“नयाँ बर्ष नया सोच,युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्या वाट भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७५/७६ चैत २१ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो ।

उक्त भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत,मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दिपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए ।औद्योगिक शान्ती नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्त रुपमा आयोजना गरेको उक्त महोत्सब बाट उपचारका लागि १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मृगौलाको डाइलासिस, औषधी र अन्य उपचारमा हाल सम्म ३० लाख भन्दा बढि खर्च भइसकेकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव रहेको पीडित धामीले बताए । सरकारले प्रदान गर्ने २ लाख बराबरको उपचार सहयोग पनि सकिसकेको गाउँको जग्गा बिक्रि गरेको र अझै १२–१३ लाख रुपैयाँ ऋण रहेकाले उपचार गर्न समस्या रहेको धामीको भनाई छ ।श्रीमती सरितादेवी धामीले श्रीमान्का लागि मृगौला दिन तयार भएको भएपनि प्रत्यारोपण गर्न १३–१४ लाखभन्दा बढि रकम खर्च हुने र आफुसँग उक्त रकम अभाव भएकाले हालसम्म मृगौला प्रत्यारोपण गर्न नसकेको पिडीत धामीको भनाई छ । सबैबाट यसैगरी सहयोग संकलन भए आफ्नो मृगौलाको सफल प्रत्यारोपण हुनेमा उनी विश्वस्त छन् ।

यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend