logo
  • सोमबार, असोज १२ २०८३

वडा अध्यक्षद्वारा वडा समितिको क्षत्राधिकार मिचिएको भन्दै विज्ञप्ति जारि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, बाग्लुङ बैशाख २३ ।
ढोरपाटन नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष दीपक थापाद्धारा वडा समितिको क्षेत्राधिकार मिचिएको भन्दै आज एक विज्ञप्ति जारि  भएको छ ।नेपाल सरकारको स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत, बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रमबाट नगरपालिकाको वडा नं. ७ मा शिव मन्दिर निर्माणका लागि विनियोजित बजेट कार्यन्वयन गराउने क्रममा नगर पालिकाको कार्यालयबाट प्रचलित कानुन मिचेर योजना संझौता भएपछि उत्पन्न समस्याको विषयमा वडा समितिको धारणा स्पष्ट गर्न विज्ञप्ति जारि गरिएको वडा अध्यक्ष थापा द्धारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारि विज्ञप्तिमा, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि तथा नियमावली २०७५ को नियमावली २ बमोजिम योजनाको उपभोक्ता समिति गठन प्रक्रिया प्रचलित कानुन बमोजिम हुने स्पष्ट व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ ले समेत वडा अन्तरगतको योजना उपभोक्ता समिति गठनको जिम्मेवारी वडा समितिलाई दिइएको कानुनी व्यवस्थालाई मिचेर, नगरपालिकाको नगर प्रमुखको तोक आदेशमा आफू अनुकुलको उपभोक्ता समितिलाई योजना संझौता गराई पहिलो किस्ता पेश्कि दिइनु विद्यमान ऐन कानुनलाई मिचेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा, शिव मन्दिर निर्माणका लागि बैशाख १२ गते उपभोक्ता समिति गठन गर्ने वडा समितिको निर्णय भएको तर त्यस अघि नै भिन्नै समितिलाई नगरपालिकाको नेतृत्वबाट योजना संझौता गरिनु तथा वडा समितिको सिफरिस विना पेश्कि बजेट समेत दिनु कानुनको उल्लंघन भएको उल्लेख छ ।

वडा समितिको सिफसिर आवश्यक पर्ने स्थानमा नगरपालकाको नेतृत्वबाटै पदीय दम्भ प्रदर्शन गरेको भन्दै विज्ञप्ति मार्फत कानुनी प्रावधान मिचेर गरिएको उक्त संझौता रद्ध गर्न माग गरिएको छ । साथै नगरपालिकाको नेतृत्वबाट कानुनी व्यवस्था र वडा समितिको क्षेत्राधिकार मिचेर गरिएको गरिएको अवैधानिक कार्यको सबै वडावासी, राजनैतिक दल बौद्धिक वर्ग नागरिक समाज तथा सञ्चार जगत लगाएतको ध्यानाकर्षणका लागि अपिल गरिएको छ ।

थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगतको १० लाख वजेटले वडा नं. ७ मा शिव मन्दिर निर्माण गरिने योजना बनेको थियो । उपभोक्ता समिति विवाद पश्चात नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले वडासँग समन्वय गरेरमात्र कार्य सञ्चालन गर्न पत्राचार गरेको प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताउनुभयो । विवाद सिर्जना नहुनु थियो । विवाद आएपछि त्यसको समन्वय गरेर योजना अघि बढाउन आवश्यक रहेको महसुस गरी आफूले समन्वयकारी भूमिकाका लागि पत्राचार गरेको उहाँले बताउनुभयो ।

उता यस विषयमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले, स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत, आएको वजेटले त्यस स्थानमा उपभोक्ता समिति गठन भए आएपछि वडा अध्यक्षलाई जानाकारी गराएको तथा त्यो समितिलाई वडाले सिपारिस नदिएपछि नियमसँगत ढंगले नगर प्रमुखको क्षेत्राधिकार भित्र हरी तोक आदेशमा योजना अघि बढाउने प्रयत्न गरेको बताउनुभयो ।

नगरका सबै योजनाहरु सम्पन्न हुनु पर्दछ, पारदर्शी ढंगले काम भए नभएको वडा अध्यक्षलाई हेर्न अनुगमन गर्ने अधिकार छ तर योजना रोक्न नमिल्ने भन्दै विकास योजना सम्पन्न गर्ने दायित्वमा वडा अध्यक्षहरु सक्रिय ढंगले लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend