logo
  • शुक्रबार, असोज ९ २०८३

छैटौं अनुपम साङ्गीतिक साँझ जेठ अन्तिम साता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,पोखरा वैशाख २२ ।
अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौं संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ ।सो संस्करणका लागि पोखराका कला,साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । वीरेन्द्र पालिखेलाई संरक्षक चयन गरिएको समितिको सचिवमा रुपिन्द्र प्रभावी,कोषाध्यक्षमा टङ्कप्रसाद गुरुङ र सहसचिवमा गोविन्द सिन्जाली रहेका छन् । यस्तै सदस्यहरुमा रुद्र श्रीष मगर, खिम लामिछाने ‘काजी’,अनुज कुलुङ, केशव पराजुली,कमल जीसी, शिव गिरी, अशेष पालिखे, प्रकाश अधिकारी, दीपक विक, ईशु श्रेष्ठ, पवित्रा पराजुली,राहुल थापा मगर, राजु गुरुङ,लक्ष्मी गुरुङ, ऋषि ढुङ्गाना, हिमाल थापा मगर र मार्जन पुन रहेका छन् ।

समितिका सल्लाहकारमा पोखराका साहित्यकार, कलाकार र समाजसेवीलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend