साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
मोना कतारको तेश्रो मासिक तथा नियमीत बैठक सम्पन्न भएको छ । बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा शुक्रबार कतारको दोहा स्थित मुन्तजा पार्कमा सम्पन्न भएको हो । त्यस्तै सोहि बैठकमा समाजका पदाधिकारी तथा म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बैठकमा समाजले आयोजना गरेको नयॉ वर्ष २०७६को शुभकामना आदान-प्रदान तथा चौथो विविध सॉस्कृतिक कार्यक्रम २०१९ को समिक्षा गरिएको छ । बैठकले कार्यक्रमबाट भएको आय तथा व्यय तर्फको विवरणलाई समेत सार्वजनिक गरेको छ ।

संस्थाले जिल्लामा बहुउदेश्यिय अक्षयकोष स्थापनार्थ कार्यक्रम आयोजना गरेको कार्यक्रममा कुल ३७ हजार ९२१ रियाल आम्दानी भएको थियो भने १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल बचत भएको जनाएको छ ।
कार्यक्रममा सङ्कल भएको रकमबाट तत्काल नेपाली ६ लाख रुपैया बैकमा खाता खोलेर जम्मा गर्ने र अपुग रहेको रकम विभिन्न माध्यमबाट यथासक्य संकलन गरी १० लाख पुग्नासाथ कोष स्थापना गर्ने बताएको छ ।
साथै बैठकले कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोग पुराउने विशेष सहयोगी कम्पनी, सहयोगी संस्थाहरु त्यस्तै नेपालदेखि पाल्नु भएका अतिथि कलाकार तथा कतारमा स्थापित नेपाली कलाकार लगायत कार्यक्रममा उपस्थित अतिथिहरु, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, लगायत सम्पूर्ण दर्शकहरुलाई धन्यवाद प्रकट गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend