साझा नेटवर्क
हेम विश्वकर्मा, बुर्तिबाङ बैशाख २१ ।
भिरबाट लडेर गम्भिर घाइतहे भएकी बागलुङको ढोरपाटन नगरपालिका२ निवासी फुलमति कुमाल केहीदिन देखि अस्पतालमा छटपटाइरहेकी छिन् ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं २ सिमलचौर निवासी २२ वर्षीय कुमालको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा समस्या परेको छ । गत बैशाख ११ गते बिहान ९ बजेको समयमा घर नजिकैको जंगलमा घासँ काट्ने क्रममा भिरबाट लडेपछि उनको दुबै खुट्टा भाँचिएको तथा टाउकोमा गहिरो चोट लागेको हुदाँ थप समस्या परेको हो ।
भिरबाट लडे लगतै उनलाई बुर्तिबाङ बजार स्थित बुर्तिबाङ प्राथमिक स्वास्य केन्द्रमा भर्ना गरिएको थियो । यहाँ उपचार गर्दा दुबै खुट्टा भाचिँएको र टाउकोमा गहिरो चोट लागेकाले उपचार गर्न कथिन हुने भएपछि उनलाई लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगेर उपचार गरिरहेको उनका ससुरा बुबा राम बहादुर कुमालले बताउनुभएको छ ।
उनको उपचारमा अहिलेसम्म करीब रु ५—६ लाख सिद्धियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन, उनका श्रीमान मनबहादुर कुमालले भन्नुभयो “ श्रीमतिको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।” सामान्य ज्याला मजदुरी गरेर जिबिकोपार्जन गरिरहेका कुमालले उपचारमा कसैले सहयोग गरिदिए सहज हुने बताउनुहुन्छ ।
आर्थिक अवस्था कमजोर भएको कुमाल परिवारलाई बुहारीको उपचार खर्च जुटाउन यतिबेला धौधौ परेको छ । स्थानीय निकाय ढोरपाटन नगरपालिकाले उनको उपचारमा थप सहयोग पुगोस् भन्ने हेतुकासाथ आर्थिक सहयोग गरिदिन सिफारिस गरेको छ । उनका आफन्तहरु बुर्तिबाङ बजार आसपासका क्षेत्रमा स्थानियहरुसँग चन्दा संकलन गरिरहेका छन् ।
अहिलेसम्म यो अभियानमा करीब रु ८० हजार संकलन भएको उनका जेठाजु दाई देव बहादुर कुमालले जानकारी दिनुभयो । फुलमतिको एउटा खुट्टाको अप्रेसन भइसकेको र अर्को खुट्टाको अप्रेसन गनुपर्ने र अझै केही महिना लाग्ने बताइएको छ । उनि अझै २ महिना अस्पताल बस्नुपर्ने अस्पताल श्रोतले जनाएको छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।
यदि कोही कसैले सहयोग गर्न चाहानुहुन्छ भने श्रीमान : मन बहादुर कुमाल ९८६९५३२०८८
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend