logo
  • सोमबार, असोज १२ २०८३

सत्यवतिमा महिलाहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी बैशाख २१।
गुल्मीको सत्यवति गाउँपालिकामा महिलाहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम सञ्चालन गरिएको छ । गाउँपाकिा भित्रका ८ वटा वडाबाट ४० जनाजनप्रतिनिधी र अगुवा महिलाहरुको लागि उद्घोषक तालिम सञ्चालन गरिएको हो ।
हरेक क्षेत्रमा महिलाहरुको अनिवार्य सहभागिता भएसँगै महिलाहरु पनि अगाडी बोल्न सक्ने आफना भनाइहरु राख्न सक्ने गरि क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । गाउँपालिकाले आयोजना गरेको तालिममा गाउँपालिका भित्रका महलिाहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । तालिममा महिलाहरुले बिभिन्न बिकास निर्माण देखि हरेक क्षेत्रमा आफ्ना भनाइहरु राख्न सक्ने सभासम्मेलनमा अगाडी उभिएर बोल्न सने गरि सिइएको छ ।

गाउँपालिकाको कार्यायमा ३ दिन सम्म सञ्चालन हुने उद्घोषक तालिम महिला मानव अधिकार रक्षक संजाल गुल्मीकी अध्यक्ष हिरा कुँवर, नेपाल पत्रकार महासंघ गुल्मीकी प्रदेश पार्सद सञ्जीवनी अर्यालले सहजि करण गरेका छन् । सहजिकरणमा उनिहरुले महिलाहरुलाई बिशेषगरि कुनैपनि कार्यक्रमहरुमा अगाडी आएर आफना भनाइ बिचारहरु व्याक्त गर्न सक्ने र स्थानिय स्तरमा सञ्चालन हुने कार्यक्रमहरु पनि सञ्चालन गर्न सक्ने गरि क्षमता बिकासमा केन्द्रित रहेको अर्यालल बताइन् ।

गाउँमा हुने बिभिन्न खालका सभा सम्मेलनहरु सञ्चालन गर्ने र आफना भनाइहरु पनि ढुक्कसँग राख्न सक्ने गरि महिलाहरुको क्षमता अभिबृद्धिका लागि उद्घोषक तालिम सञ्चालन गरिएको गाउँपालिक उपाध्यक्ष सुर्वर्ण शाहीले बताइन् । महिलाहरुले सञ्चालन गर्ने बिभिन्न समुहहरुमा उनिहरुले गर्ने कार्यक्रमहरु सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न सकुन भन्ने उदेश्यले तालिम राखिएको शाहीले बताइन् ।

गाउँपालिकाले महिलाहरुको क्षमता अभिबृद्धि गर्न अरु बिभिन्न खालका कार्यक्रमहरु पनि गरिरहेको शाहीले बताइन् । शुक्रवारबाट सुरु भएको तालिम आइतवार सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend