logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको सिद्धबाबा माविमा भूकम्प मापन यन्त्र जडान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी, बैशाख २० ।
गुल्मीको सिद्धबाबा माबिमा भूकम्पक मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । सिद्धबाबा मावि सिस्मोमिटर जडान गर्नेे नेपालको १३ औ र जिल्लाको पहिलो बिद्यालय हो । स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ ।

यो यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ । विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सिद्धबाबा आफैमा नुमना मावि भएपनि अझै नमुना भएको बताए ।

उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा बिद्यालयमा सिस्मोमिटर जडान गरिएको बिद्यालयका प्रचार्य डोर बिक्रम श्रीसले बताए ।

बिद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससंग सम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताए ।

स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानमा यो बिषय अध्धयन गर्ने पहिलो नेपाली समेत रहेका सुवेदीले बिद्यार्थी मार्फत अभिभाव र समुदायलाई सचेत बनाउन बिद्यालयमा यो यन्त्र जडान गरिएको जानकारी गराए । नेपालका २३ बिद्यालयमा यो उपकरण जडान गरिने उनले बताए ।

शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधी, बिद्यालय व्यावीथापन समितिका पदाधिकारी, शिक्षक लगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए ।

केहि दिन अघि स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानले पोखरामा उपकरणको बिषयमा बिद्यालयमा तीन जना शिक्षकलाई पोखरामा तालिम समेत प्रदान गरेको शिक्षक टीका खड्काले बताए । उनले बिस्तारै सवै बिद्यार्थीलाई यो बिषयमा अध्ययन गराउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend